Monday , August 26 2019

History

गुठी प्रथाः लिच्छविकालभन्दा पुरानो

लिच्छवि शासनकालमा नेपालमा गुठी प्रथा चलेको चर्चा गरिए पनि उनीहरूको उद्गमस्थल भारतको इतिहासमै यसबारे उल्लेख भएको भेटिंदैन।  बसन्त महर्जन पछिल्लो समय सरकारले राष्ट्रिय सभामा दर्ता गरेर चर्को विरोधपछि फिर्ता लिएको गुठी सम्बन्धी विधेयकले गुठी प्रथाबारे धेरैमा जिज्ञासा बढायो । विधेयकका प्रावधानबारे विश्लेषण भइरहेका बेला देशभरका सबै गुठी एकै प्रकारका हुन् र …

Read More »

बुद्धकालीन ब्राह्मणहरु

बुद्धले आफू पछि कसैलाई पनि धर्माधिकारी घोषणा गरेका थिएनन् र त्यस्तोे व्यवस्था गरेको भए निश्चित रुपमा छानिने भिक्षु महाकाश्यकको पृष्ठभूमि ब्राह्मण नै थियो । त्यसपछिका दिनमा  पनि ब्राह्मण जातिको प्रवेश उल्लेखनीय छ।   बसन्त महर्जन बौद्ध धर्म दर्शनको सन्दर्भमा ब्राह्मण समुदायको चर्चा प्रायः गैर बौद्ध सन्दर्भमा गरिएको पाइन्छ। गौतम बुद्धद्वारा …

Read More »

उपत्यकाका नेवार र पृथ्वीनारायण शाह

इतिहासलाई सीमित रूपमा बुझ्ने प्रवृत्तिका कारण पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका नेवारहरूका दमनकारीका रूपमा चित्रित भएका छन्। हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ। आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकामा दुईमत छैन। तर, यी राजाको प्रशंसा गर्ने र …

Read More »

लुम्बिनी र फाहियान

फाहियानले त्यहाँ केही श्रमण भिक्षुहरू पनि देखे । यहाँ उनले सेता हात्तीका रुपमा बोधिसत्व मायादेवीको गर्भमा प्रवेश गरेको दृष्य चित्रित एउटा मूर्ति पनि देखेका थिए । यसरी नै बुद्धसँग सम्बन्धित हरेक घटनाको सम्झनामा सोही स्थानहरूमा बनाइएका स्तूपहरूको पनि दर्शन गरेका थिए । यस नगरबाट ५० ली (१ ली बराबर ५६० मिटर) …

Read More »

बामियान – एउटा जिउँदो इतिहास

हुन त अहिले अफगानिस्तानको अवस्था नाजुक छ तर पनि कुनै जमानामा अफगानिस्तान भन्ने देश निकै सुन्दर र रमणीय थियो भन्ने कुरा सन् ६३४ मा त्यहाँ भम्रण गरेका हृवेनसाङ्गको यात्रा वृतान्तले बताउँछ । बुद्धमार्गीहरूको लागि हाल अफगानिस्तानमा भएको बामियान निकै महत्वपूर्ण र्तीथस्थलहरूमध्ये एक मान्न सकिन्छ । बौद्धहरूको कला हिन्दुकुश पर्वतमा रहेको बामियान …

Read More »

पालुंगो साग विश्वलाई नेपालको उपहार

शुक्रसागर श्रेष्ठ अंग्रेजीको ‘इन्भेसन’ र ‘डिस्कभरी’ दुवै शब्दको अर्थ नेपालीमा ‘आविष्कार’ ले बोकेको छ । आविष्कार भनेको नयाँ वस्तु फेला पार्नु मात्र नभई प्रकृतिमा उपलब्ध अनगिन्ती वस्तु चिनेर उपयोगमा ल्याउनु पनि हो । यस हिसाबले कुनै पनि समाज एउटा न एउटा आविष्कारको मालिक हुन्छ । यहाँ नेपाली समाजको एउटा आविष्कारको चर्चा …

Read More »

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ तर बेच्न कै लागि भनी राज्य शक्ति नै लागेको भने नेपालमा बाहेक अन्यत्र पाइ“दैन बसन्त महर्जन नेपाली चेलिबेटीहरु विदेशमा बेचिने कुरा अब त नौलो पनि रहेन तर यसको इतिहास कति पुरानो होला ? वा शुरुमा …

Read More »

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास थाहा पाएकाहरुले माटो र छालाको मुद्राको प्रसंगलाई पत्याई पनि हाल्छन् । बसन्त महर्जन नेपाली मुद्राको रुपमा सुन, चाँदीलगायतका धातुका मुद्राहरु चलाइएको तथ्य सबैलाई थाहा छ । मुद्राहरुको कुरा उठ्दा यहाँ माटो र छालाको पैसा पनि …

Read More »

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

बसन्त महर्जन नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन । बालुवा सुन हुने कथा वास्तवमा भाषावंशावलीमा उल्लेखित एउटा …

Read More »