Tuesday , November 12 2019

Travelouge

शान्त धुन्चे

मैले सुनेको धुन्चेले काँचुली फेरेको रहेछ। मेरा मानसपटलमा रसुवाको प्रख्यात धुन्चेमा ससाना घर थिए, ढुङ्गाको छाना भएका घर थिए तर यहाँ त ठूलठूला घरहरू प्रशस्त रहेछन्। घरका छाना कि त ढलानयुक्त कि जस्ताका। यी ढलानयुक्त घरले मलाई सिक्किमको सम्झना गरायो।  अमिका राजथला धुन्चे, सानैदेखि मानसपटलमा चित्र कोरेको ठाउँ । आमा …

Read More »

सराङकोटमा सूर्योदय

कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो । बसन्त महर्जन विहान चार बज्नुअघि नै निद्रा …

Read More »

घान्द्रूकको घुमाइ

यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन । …

Read More »

झाेरकाे झरना र झरी

मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्, युवायुवतीहरुकै लहलहैमा लाग्छिन् र निथु्रुक्क भिजेर निस्कन्छिन् । भिजेको गुन्यू चोलो र सारी यत्तिकै देखियो । फेर्ने लुगा नभएका कारण …

Read More »

चिसाे कालिञ्चोककाे तताउने उकालाे

त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो । …

Read More »

जामाच्व हाईकिङ र स्वयम्भू दर्शन

जामाच्व स्वयम्भु उत्पत्तिको कथा संगै जोडिएको महत्वपूर्ण ठाउँ हो । काठमाडौं उपत्यका धेरै वर्ष पहिला दहको रुपमा रहेको कुरा स्वयम्भु पुराणमा उल्लेख छ । जामाच्व हाइकिङ । जेठ ५ (२०७५) को यो हाइकिङ तेस्रो पटकको यात्रा थियो । पहिलो पल्ट कलेज जीवनमा साथीहरुसंँग ल्हुति पुन्हि (चैत्र पूर्णिमा) को मेला भर्न …

Read More »

लुम्बिनीमा वैशाख पूर्णिमा

मायादेवीले सिद्धार्थलाई जन्म दिनु अघि नुहाउनु भएको पोखरीका रुपमा चिनिने यस पोखरी वरिपरि दियो बाल्दा पोखरीमा मायादेवी मन्दिरको छायाँ पर्दाको दृश्य मनमोहक थियो । यो क्षण कहिले बिर्सिन नसक्ने थियो । बैशाख पूर्णिमा, बुद्ध जयन्ती, स्वाँया पुन्हि जे भने पनि यो दिन समस्त बौद्धहरुका निम्ति अत्यन्त महत्वपूर्ण दिन । बुद्धको …

Read More »

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न सात समुन्द्र पारबाट विदेशीहरू पनि आएका छन् । बन्दीपुरलाई हेरेर नेवार बस्तीको सभ्यतालाई बुझ्न सकिन्छ । बन्दिपुर एउटा पुरानो नेवार बस्ती भनेको सुनेको मात्र थिएँ, जान पाएको थिईंन । पोखरा जाँदा आउँदा बन्दिपुर जाने बाटो …

Read More »

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं । अघिल्लो दिन रात भरि पानी परेकोले हाइकिङ् क्यान्सिल होला कि भन्ने शंका लागेको थियो । त्यस्तो केही खबर नआएकोले जाने निश्चित भयो । साँखुको बज्रयोगिनी र मणिचूड दह हाईकिङ्गको कार्यक्रम थियो । शाक्य बज्राचार्य …

Read More »

थार्इल्यान्डकाे यात्रा

विदेश भ्रमण एउटा रोमान्चक भ्रमण हुँदो रहेछ, जो पहिलो पटक विदेश जाँदैछ । म पनि त्यस्तै परें । विदेश भ्रमण जानका लागि पासपोर्ट भर्न गएँ, सिडिओ कार्यालय मानभवनमा । पासपोर्ट बनाउन एक महिनाको समय दियो जसका लागि ५ हजार रुपैंया तिर्नुपर्यो । अब विदेश जाने पनि भइया, त्यो पनि थाईलैण्ड …

Read More »