Friday , April 26 2019

मुक्तिनाथ मन्दिर

नेपालका  प्रसिद्ध मन्दिरहरुमा एक मुक्तिनाथ मन्दिर पनि हो । मुस्ताङ जिल्लाको मुक्तिनाथ गाविसमा रहेको यो मन्दिर हिन्दूहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् । यहाँ बौद्ध गुम्बाहरु पनि छन् । मुक्तिनाथ मन्दिर भित्र रेखदेख गर्ने जिम्मा गुम्बाका झुमाहरुमा छन् भने मन्दिर बाहिर हिन्दू ब्राम्हणहरु बस्दछन् । हिन्दू धर्मको प्रभावमा नजिकैको

एउटा गुम्बामा नर्सिङ गुम्बा नामाकरण गरिएको छ जब कि त्यसमा गुरु पद्मसंभवको ठूलो मूर्ति राखिएको छ । गुरु पद्मसंभवको मूर्तिको सामुन्ने नै कुनै अर्को बौद्ध देवताको मूर्तिलाई देखेर नर्सिङ नाम दिइएको बुझिन्छ जुन गलत बुझाइ हो ।

यसरी नै यस धार्मिक क्षेत्रको स्थानिय नाम ‘छुर्मी ग्यार्छ’ भएको बताइन्छ र हाल स्थानिय जनता यो नाम प्रयोग गर्न रुचाउँछन् ।

About discovery4p

Leave a Reply

Your email address will not be published. Required fields are marked *