Friday , March 22 2019

नेपालमा हुँदैछ बुद्धकाे नाममा भद्दा मजाक

बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन यसअघि नै बितिसकेको हुन्छ 

  • बसन्त महर्जन

हिन्दीमा एउटा उखान छ, ‘नाम हो या बदनाम, कभी न हो गुमनाम’ । नेपालीमा पनि एउटा उखान छ, ‘अरुको ध्यान जसै गरी तान्न नसके गधा बोकेरै भएपनि हिड्नु’ । यस्तै नै नेवार समाजमा अर्को उखान प्रचलित छ, ‘ज्या मन्त कि खिचाया सँ खाः जुइगु’ (काम नपाएपछि कुकुरको कपाल काटेर बस्नु) । यी तीनै उखानको भावार्थ एउटै हो र केही नेपालीहरु बेलाबेलामा ‘बुद्ध बाज बर्न इन नेपाल’ भनी कराइ हिड्नुलाई यसै सन्दर्भमा हेर्न सकिन्छ । बुद्ध र बौद्ध धर्मदर्शनप्रति खास कुनै लगाव नभएपनि यो वर्ग बुद्ध कहाँ जन्मेको भन्ने प्रसङ्गमा भने सा-है सम्बेदनशील भएजस्तो देखाउँछन् र यस सम्बन्धमा अब्बल दर्जाको राष्ट्रवादी भइटोपल्छन् । यस्तो लाग्छ, कसैलाई चटक देखाउनु छ, तर हेरिदिने कोही छैन भने उसले बुद्धको जन्मस्थलबारे बोलिदिनु मात्रै पर्छ, भलै वक्ता बुद्धका बारेमा अन्जान नै किन नहून्, यहाँ मान्छेको भीड लागि हाल्छ ।

एक नेपाली युवा गायक छन्, ‘बुद्ध वाज बर्न इन नेपाल’ को अभियन्तामध्ये एक । आफूलाई माइकल ज्याक्सन भन्न रुचाउने ती गायकले यही बोलमा गीत गाएर नाचेको दृष्यले बौद्ध विषयलाई निकै हलुको पारेको छ । डकुमेन्ट्री पनि बनाएका छन् र ठाउँ ठाउँमा गएर आफ्नो यही परिचय दिँदै हिडिरहेका छन् । अर्का एक संचारकर्मी छन्, यही अभियानको ‘थीम’मा लामो टिभी कार्यक्रम चलाएर रेकर्ड बनाएका । लाटो देशमा गाँडो तन्नेरी भनेजस्तो केही मात्रामा यिनीहरुको ख्याति पनि बढ्यो । पत्रपत्रिकामा एउटै कुरा दोहो-याई तेह-याई सामग्री छापिन्छन् पनि । तर मान्छेको चित्त न हो, यस्ता ख्यातिहरु जति भएपनि पुग्दैन । त्यही ख्यातिले अहिले तृष्णाको रुप लिएको छ र थप तृष्णा जागेको छ । यिनै दुई युवा मिलेर अब अर्को रेकर्ड राख्ने भन्दै काठमाडौंमा ७५ हजार मान्छेलाई भेला पारेर ‘बुद्ध वाज बर्न इन नेपाल’ वाक्य घोकाउने कार्यक्रम राखेको छ र यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने मनसाय छ । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ विश्वमा भएका सबैभन्दा ठुलो, सानो, छिटो, धेरै, थोरै, पुरानो, नयाँ, गहिरो, होचो, लामो, छोटो आदिको रिकर्ड प्रकाशन गर्ने संस्था हो । मानौं, बुद्धको सम्बन्धमा पनि ७५ हजारको सहभागितामा उक्त वाक्य घोकाउन सफल भयो र धेरैले एउटै वाक्य घोकाएको भनी रेकर्डमा पनि राख्यो, तब के ? यसलाई प्रवृत्तिगत रुपमा चिन्तन गरिएन भने हाँस्यास्पद नतिजा आउने मात्रै नभएर मान्छेहरुलाई बुद्ध र बौद्ध विषयवस्तु हलुका हुन जाने र वाक्कदिक्क नै पनि बनाइदिने हुन्छ जुन खतराको कुरा हो । बुद्धको नाममा भद्दाको मजाक बनाइएको यस अर्थहीन अभियानमा स्वयं बौद्ध भिक्षुहरु पनि उत्साहित हुनु अर्को उदेक लाग्दाे कुरा हो ।

अब बुझ्नु प-यो, ७५ हजार सहभागी भएर बुद्ध नेपालमा जन्मेको भनियो भने मात्रै गिनिज बुकमा बुद्ध नेपालमा जन्मेको भनेर लेखिने र कायम हुने रहेछ । आयोजक दुई नेपालीको मनसाय यही हो र यही भनेर प्रचारप्रसार गरिंदै छ । कथंकदाचित त्यति संख्यामा मान्छेहरुको सहभागिता भएन वा गिनिज बुक अफ वर्ल्ड रेकर्डले यस घटनालाई महत्व दिएन वा कार्यक्रम नै स्थगित भयो भने बुद्ध नेपालमा जन्मेको नठहरिने भयो त भन्ने प्रश्न छ । यो विषयवस्तु यसरी खेलाँचीमा खेल्ने खेल नै होइन ।

गौतम बुद्ध ई.पू. ५६३ मा लुम्बिनी वनमा जन्मेको कुरामा दुई मत कहिल्यै भएन । समयको अन्तरालमा त्यो लुम्बिनी कहाँ पर्दछ भन्ने कुरा चाहीँ खोजीको विषय भएको पक्का हो तर पुरातात्विक प्रमाणसहित ई.सं. १८९६ मा नेपाल देशको भूमिमा भेटिएदेखि अहिलेसम्म यही मान्यता कायम छ । बुद्ध भारतमा जन्मेको भन्यो, भारतले बुद्ध जन्मस्थलमाथि दावी ग-यो, भारतले नक्कली लुम्बिनी बनायो, हाम्रो लुम्बिनीजस्तै गरी भारतले आफ्नो भूमिमा नक्कली लुम्बिनी बनायो भन्नेजस्ता अनौठा अनौठा दाबीहरु गर्दै कोकोहोलो मचाउनेहरुको पछि लाग्ने जमात पनि कम्तीको छैन । नाम कमाउने लालसाले पनि होला, संस्था नै गरेर लागि परेका छन् ।

हेक्का राख्नु पर्ने कुरा के हो भने, उक्त सिङ्गो कपिलवस्तु न भारतमा पर्दछ, न त नेपालमा नै । प्राचिन कपिलवस्तुको केही भूभाग वर्तमान नेपाली भूमिमा पर्दछ भने केही भूभाग वर्तमान भारतीय भूभागमा पर्दछ ।

पुरातत्वसम्बन्धी भारतको आधिकारिक निकाय ‘आर्कोलोजिकल सर्भे अफ इन्डिया’ले बुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी कहिल्यै दोस्रो मन्तव्य दिएको छैन । न दिनेवाला नै छ । आधिकारिक प्रकाशन तथा निकायले नेपाल भूमिभित्र रहेको लुम्बिनीलाई नै मान्दै आइरहेको सन्दर्भमा पुनः ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै रुवावासी गर्नु र भारतविरुद्ध त्यस्ता आरोपहरु लगाउँदै हिड्नु नै अचम्मको कुरा पक्कै हो । यो पनि पक्का हो, भारतीयहरु बुद्धलाई पनि भारतीय नै ठान्छन् । अन्य कतिपय देशका प्रकाशनमा मात्रै होइन, मनमस्तिष्कमा पनि बुद्धलाई भारतसँग जोडेर चिन्ने गरेको छ । यो किन भयो भन्ने सन्दर्भमा नेपाली पक्षले न चिन्तन ग-यो न त चिन्तन गर्नु आवश्यकता नै ठान्यो । लुम्बिनीको अवस्थिति नेपालमा मानेर पनि बुद्धलाई भारतीय चरित्रका रुपमा लिनुको अभिप्रायः गौतम बुद्धको तत्कालीन गाउँठाउँलाई आधार मान्नु हो । लुम्बिनी जन्मस्थल मात्रै हो, बुद्धको गाउँठाउँ होइन । व्यक्तिको परिचय लिने बेलामा गाउँठाउँको नाम मात्र लिइन्छ, जन्मस्थल होइन । यसलाई अझ स्पष्ट पार्न यसै पंक्तिकारको उदाहरण लिनु पनि उपयुक्त हुन्छ । यो पंक्तिकार कीर्तिपुर (काठमाडौं) निवासी हुन् र पहिचानमा कीर्तिपुर नै जोडिएको छ । शिशु जन्मिँदाका बखत आमाबाबु कहाँ बसेका हुन्, जन्मस्थल त्यहीँ मान्नु पर्ने मान्यताअनुसार कीर्तिपुरमा जन्मेको भन्नु पर्ने हुन्छ । तर साँच्चै कहाँ जन्मेको भनेर थप प्रश्न गर्ने बेलामा तोकेरै भन्नुपर्दा थापाथली (काठमाडौं) स्थित श्री ५ इन्द्रराज्यलक्ष्मी–परोपकार प्रसूतीगृह नामको अस्पताल उल्लेख गर्नु पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सन्दर्भमा पनि यही लागू हुन्छ । गौतम बुद्धको गृहनगर तत्कालिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु थियो अर्थात् उनी कपिलवस्तु निवासी थिए । कतिपयलाई कपिलवस्तु र लुम्बिनी उही हो भन्ने भ्रम पनि रहेछ, जुन बेग्लै प्रसङ्ग हो ।

हेक्का राख्नु पर्ने कुरा के हो भने, उक्त सिङ्गो कपिलवस्तु न भारतमा पर्दछ, न त नेपालमा नै । प्राचिन कपिलवस्तुको केही भूभाग वर्तमान नेपाली भूमिमा पर्दछ भने केही भूभाग वर्तमान भारतीय भूभागमा पर्दछ । यस सम्बन्धी विस्तृत अध्ययन भएको छैन पनि । केही भूभाग भारतमा परेकै आधारमा सिङ्गो कपिलवस्तु भारतमा रहेको वा केही भूभाग नेपालमा परेको मान्यता भारतीय पक्षको छ भने नेपाली पक्ष सम्पूर्ण कपिलवस्तु नेपाली भूभागमा परेको भ्रममा छ । यही आधारमा भारतीयले गौतम बुद्धलाई भारतीय भन्ने हुन् भने नेपालका केहीले लुम्बिनीको आधारमा र केहीले लुम्बिनी र कपिलवस्तु दुबै क्षेत्रको आधारमा नेपाली भन्ने गरेका हुन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछिको अधिकांश समय वर्तमान भारतीय भूभागमा विचरन गरेको, बौद्ध धर्मको प्रसारप्रसार भारतबाटै अन्यत्र भएको तथा बौद्ध पुनर्जागरणपछि पनि भारतले यसबारे क्रेडिट लिँदै आइरहेको कुरा यहाँ स्मरणमा राख्नु पर्दछ । बुद्ध र बौद्ध धर्मका सवालमा भारतले प्राथमिकता दिंदै आएको समयमा नेपालका शासक तथा उनका आसेपासेहरु बौद्ध धर्मको विरुद्ध कतिसम्म लागिपरेको थियो भन्ने सन्दर्भमा भिक्षु भएकै आधारमा जेलमा कोच्ने, शासना दिने, देशनिकाला गर्नेलगायतका कर्तूतहरु गरेबाट छर्लङ्ग हुन्छ । ती शासकहरु बुद्धलाई बुद्ध भन्न चाहँदैनथे बरु ‘बाँडा देवता’ भनी होच्याउँथे । यस्तो अवस्थामा बुद्ध र बौद्ध धर्मलाई नेपालको सन्दर्भमा विश्वले कसरी हेर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । उहिलेको कुरा खुइलियो नि भनेर तर्क गर्नेहरु पनि छन् तर यसै विषयवस्तुमा काम गरिरहेका हामीले त्यसमा तात्विक भिन्नता पाउन सकिरहेका छैनौं ।

गिनिज बुक अफ वल्ड रेकर्डमा ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर दर्ता गराउन सके बुद्ध नेपालमा जन्मेको हुने, नत्र नहुने हो ? इ.सं. १८९६ मा पत्ता लागेको र विश्वले नै मानेको तथ्यमा भरोसा नभएर ७५ हजारको भीड जुटाउने र भीडलाई नै प्रमाण मान्ने हो भने हामी पुरातत्व र इतिहासको खोजीनीति गर्नेहरु पनि त्यही भीडमा मिसिन जानु पर्ने हुन्छ । राज्यले पनि अध्ययन अनुसन्धानमा नभएर त्यस्ता भीडहरुमा लगानी बढाउनु पर्ने हुन्छ ।

मानौं, ७५ हजार मान्छे जुटाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर लेखाउन सकियो रे, तर त्यहाँ रहने रिकर्ड सँधै एउटै हुँदैन, फेरिरहन्छ । त्यो रेकर्ड तबसम्म मात्रै कायम रहन्छ जबसम्म अरूले तोड्दैन । त्यसको लगत्तै ७५ हजारमा केही संख्या थपेर चीन, जापान, कोरिया, अमेरिका, भारत वा कुनै अन्य देशले बुद्ध आफ्नो देशमा जन्मेको भनी अभियान थाल्यो भने गिनिज बुकले सोहीअनुसार कायम गरिदिने हुन्छ र फेरि अरु देशले अर्कै रेकर्ड कायम ग-यो भने अर्कै हुन्छ । यस हिसाबले गौतम बुद्धको जन्मस्थल लुम्बिनी चाहीँ ‘मूभएबल’ पो हुने भएछ त । त्यसको काउन्टरमा नेपालले फेरि रोइलो गर्दै थप संख्यामा सहभागी जुटाएर गिनिज बुकको शरणमा जानु पर्ने रहेछ । गौतम बुद्धले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर रोइकराइ हिड्न कहिल्यै भनेनन्, बरु धर्मका कुरा गर्न र ध्यानअभ्यास बढाउन भनेका छन् । साँच्चै, आजभोलि पनि बौद्ध समाजमा सूत्र पाठ, दैनिक जीवनमा अभ्यास र ध्यानभावना बढाउनुलाई नै प्रमुखता दिइन्छ ।

बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा नकारात्मक नै हुने तर “बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन यसअघि नै बितिसकेको हुन्छ ।
=================

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा …

गणेश हिमालको ठट्यौलो यती

गोठालाहरूले बिहानै त्यो ठूलो ढुंगामा बसेर आगो बाले । सधैंजस्तो घाम डुब्ने बेला यती आएर …

8 comments

  1. अगाडी पढ्दा केही नया कुरा होला सोचेको थिये तर तपाइको पनि खासै केही रहेनछ।उस्ले चिच्यायो तपाइलाइ टाउको दुखेको कुरा मात्र रहेछ।

    जापानमा मोदिले “भारत जहाँ बुद्ध जन्मे” भनेर बोलेको सुन्नु भएन?
    अनि नेपालमा दुई करोड रक्त चन्दन दिएर नेपाली मख्ख पार्न खोजेको मोदि यहा बुध्द यहि जन्मेको भन्ने अनि अन्तरास्ट्रिय मन्चमा बुध्द भारतमा जन्मेको भन्ने यो कुरा किन बोल्न बिर्सिनु भो।
    भारतको पक्षमा बढी बोल्नु भएको जस्तो लाग्यो।हुन त म blogger हैन ,न online मा लेखिरह्ने मान्छे हु तर तपाईं को यो लेख पढेर न लेखी बस्नै सकिन।
    फिल्ममा भारातले पनि त्यही देखायो,त्यहाको प्रधानमन्त्री पनि त्यै भन्छन अनि हामी किन चुप लागेर बस्ने। कि तपाईं पनि “यो सब माया हो,दुनिया सङ के मत्लब” भन्दै भत्याउने पन्दित हो!

    75 हजारले घोक्याएर गिनिज बुकमा दर्ता हुने होइन ,यस्ले हो बुद्ध नेपालमा जन्मेकै हुन सबै लाई थाहा छ even भारतलाइ पनि थाहा छ तर यो उदघोश भारतलाइ झुट ल्याउन होइन बरु जो सन्सारमा 7.6 billion मानिस छन तिनिहरुलाइ बहकाउनु अगि नै यो उदघोश सुनुन भन्न लाई पनि हो,यसरी पनि त बुझ्नसक्नु हुन्थ्यो!

    रह्यो नेपाली माइकल ज्याक्स्न उहाँ त मलाइ पहिला देखि नै मन पर्नुहुन्न, कम्मर लच्किन्न ,फन्नक घुम्न त परै जाओस एक पाइतला twist त गर्न आउन्न आफुलाइ माइकलको खिताब भिराउनु भएछ।गाउनु त हुन्छ तर मलाई वहा को स्वर सन्जय स्रेस्थ भन्दा कमै राम्रो लाग्छ।

    मलाइ पनि अचम्म त लाग्छ,बुद्ध यहाँ जन्मेको मात्र भनेर के नै गर्न सकिन्छ,नेताहरु सबै स्वार्थी,मत्लबी र मौका परस्त र भारत परस्त छन । भारतले अन्तरास्ट्रिय level मा गौतम बुद्ध रेस त्र्याक बनाइसक्यो जहाँ फोर्मुला वान गाडी कुद्छन र त्यस्को अन्तरास्ट्रिय पहुच पनि छ तर हामी यहाँ बुध्द वस बोर्न इन नेपाल भनेर मात्र बस्या छौ तर म बिल्कुलै यस्को खिलाफ चाइ छैन।

    • रेकर्ड राख्नु नै गलत कार्य हो जस्तो लाग्छ । किनभने सत्य कुरालाई पोलिस लगाउन जरुरी छैन । भोलि १ करोड मान्छे जम्मा पारे भारतले ‘बुद्ध वाज बर्न इन भारत’ भनेर गिनिज बुकमा नाम लेखाउँदैन भन्ने के ग्यारेन्टी छ? होइन भने यस्तो ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कार्यक्रम गर्नुको कुनै औचित्य छ जस्तो मलाई लाग्दैन । सत्य कुरा सत्य नै हो चर्चाको लागि ढ्वाङ् फुक्नु जरुरी छ जस्तो लाग्दैन ।

  2. Ashok Rajbanshi

    It will be Better to develop Kapilbastu, home of Budhda’s childhood, as a Budhdist tourist hub rather than running after those cheap slogans and useless activities.

  3. Bakwas article ! Yo khi hoina risibi ho ra aafulai buddhako barema thaha chha bhanera show off gareko . Ma pani MA IN BUDDHIST studies hu . Kurolai nabangyau . Sidha Kura sidhai garnu .
    Om Buddhaya namaha

  4. I think it is out of debate just by saying Buddha Born in Nepal. I would rather promote /upgrade atleast one step level up sharing and promoting Lumbini Nepal as a tourist and pilgrimage destination point as do Mecca for Muslims and Jerusalem for Christians. That is why Buddha-Nepal Peace Foundation California at its own initiative kicks off promoting with the 2018 Slogan “VISIT LUMBINI VISIT NEPAL” with several activities from the historic city of San Francisco of California which is also know to be the gateway point for first Asians immigration to the United states in Mid Nineteen Century and the first Buddhist temple was erected in 1953.

Leave a Reply

Your email address will not be published. Required fields are marked *