Monday , August 26 2019

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं ।

बिमला शाक्य
अघिल्लो दिन रात भरि पानी परेकोले हाइकिङ् क्यान्सिल होला कि भन्ने शंका लागेको थियो । त्यस्तो केही खबर नआएकोले जाने निश्चित भयो । साँखुको बज्रयोगिनी र मणिचूड दह हाईकिङ्गको कार्यक्रम थियो । शाक्य बज्राचार्य संरक्षण मञ्चको आयोजनामा २०७३ फागुन २८ गते भएको सो कार्यक्रममा सहभागीहरु झण्डै दुई सय जना थिए । गौतम बुद्धले दान पारमिता पूरा गर्न गर्ने क्रममा बोधिसत्व मणिचूड राजकुमार भएर पनि जन्म लिएको र आप्mनो शिरको मणि दान गरेको कथाअनुसारको धार्मिक महत्वको स्थल भएकोले त्यस ठाउँमा एकपटक जान मन लागिरहेकोल थियो ।

साँखुमा बज्रयोगिनी

बिहान ६ बजे ललितपुरको गाःबहाल पुग्यौं । सबैलाई पर्खेर बस गुड्दा आठ बज्यो । पुल्चोक, थापाथली, सिंहदरबार, ज्ञानेश्वर, सिफल, गुहेश्वरी, नयाँबस्ती जोरपाटी, थली हुँदै करीब डेढ घण्टा पछि साँखुको दक्षिणतिरको मूल प्रवेशद्वार पुग्यौं ।
काठमाडौंबाट १७ कि.मी उत्तरपूर्वमा अवस्थित साँखु पुरानो नेवार बस्ती हो जसको पुरानो नाम शंखपुर हो । साँखुको उत्तरपट्टि रहेको प्रसिद्ध बज्रयोगिनी मन्दिरबाट हेर्दा यो ठाउँ शंख आकारकै देखिन्छ । पुखूलाछि, सुुनटोल र बज्रयोगिनी यी ३ वटा गाविस मिलेर साँखु बनेको छ, यसलाई नेपाल भाषामा सक्व भनिन्छ । अहिले शंखरापुर नगरपालिकाअन्र्तगत पर्दछ भन । केही दिन अघिमात्र पनि शंखरापुर नगरपालिका अर्कै नामबाट नामाकरण गर्ने तयारीको विरोध गर्दै स्थानीय बासिन्दाले साँखु बन्द गरी अनसन पनि बसेका थिए । आप्mनो पहिचानका लागि उनीहरुको यो प्रयास सफल पनि भयो ।
साँखुमा पुरानो शिलालेख ५३८ को भेटिएको छ जसअनुसार त्यहाँका पुजारी जोगदेव र पहिलो राजा शंखदेवले बस्ती बसालेको उल्लेख छ । मणिशैल महावदानमा उल्लेख भएको श्लोकअनुसार कलिगत सम्बत् १८०१ फागुन शुल्क तृतीयामा यो शंखको आकारमा सात वटा गाउँ मिलेर शंखपुर देश बन्छ यहाँका शंखदेव राजाले बज्रयोगिनी देवीलाई दिनहुँ अत्यन्त आदरपूर्वक सेवा गर्छ भनी उल्लेख भएको पाइन्छ । त्यसै गरी यही महावदानमा कलिगत १८१८ पौष कृष्ण दशमीका दिन श्री उग्रतारा बज्रयोगिनी देवीलाई सुनको मूर्ति बनाई स्थापना गर्छ । ल्हुति पुन्हि अर्थात् चैत्र शुक्ल पूर्णिमाको दिन यस देवीको जात्रा गराई उत्सव गर्छ भनी उल्लेख छ । बज्रयोगिनी देवीका भक्त वाचसिद्धिका नवौं पुस्ताका सन्तान जोगदेव बज्राचार्यको डिजाइनअनुसार शंखपुरको निर्माण गरी बज्रयोगिनीले उत्पत्ति गराएका शंखदेवलाई राजा बनाईएको महावदानमा उल्लेख छ ।
साँखु शहरभित्र प्रवेश गर्न पहिला १० वटा ढोकाहरु थिए रे तर अहिले ५ वटा मुख्य ढोकाहरु मात्र रहेका छन् । ती ढोकाहरु भौ ध्वाखा (नवविवाहित दुलही भित्र्याउने), म्हाय्मचा ध्वाखा (छोरीलाई विदाई गर्ने), द्यः ध्वाखा (जात्रामा बज्रयोगिनी देवीलाई भित्र्याइने), सीध्वाखा वा महाद्यः ध्वाखा (शवयात्रा निकालिने) र नारी ध्वाखा (साली नदीमा मेला हुनेबेला माधव नारायण देवतालाई शहरबाट भित्र बाहिर लाने) हुन् । साँखु शहरभित्र नौ वटा बाहाः (विहार) रहेका छन्– गुंबाहाः, थथुबाहाः, ओमबाहाः, दुछेँबाहाः, ओंपिबाहाः, न्यांबाहाः, सुयःबाहाः, कोबाहाः र मुसुबाहाः ।
अघिल्लो रात पानी परेकोले बस बज्रयोगिनी मन्दिरसम्म पुग्न मुश्किल भयो । दाँयातिरको लामो ढुंगे सिंढीहरु चढ्दै बज्रयोगिनी मन्दिर पुग्यौं । मन्दिर नपुग्दै दुई ठाउँमा ढुंगेधाराहरु, केही चैत्य, गणेशको मूर्ति साथै एक ठाउँमा घोप्टो परेको चैत्य पनि देख्यौं । खासमा यो चैत्य सुल्टो नै थियो । किंवदन्तीअनुुसार शंकराचार्य नेपाल आएका बेला उनले यहाँ विभिन्न स्थानमा बौद्ध चैत्य स्मारक ध्वस्त पार्ने क्रममा यस चैत्यलाई पल्टाइदिएका थिए । घोप्टो परेको चैत्य जस्ताको तस्तै रहेकाले त्यति बेलाको बौद्ध धर्ममाथि शंकराचार्यले गरेको अन्याय अत्याचार छर्लङ्ग हुन्छ । सिंढी चढ्दै गएपछि गणेशको मूर्ति नजिक एउटा मणिमय ढुंगा रहेको छ जुन बज्रयोगिनी देवी उत्पत्ति भएको बेला उहाँलाई रक्षा गर्न उत्पत्ति भएको मानिन्छ । यस ढुंगालाई क्षेत्रपाल भैरव मानिन्छ, जसलाई अहिले बारले घेरेर राखिएको छ । शंकराचार्य आउनुअघि यस ठाउँमा पंचबलि पूजा भनेर मूला, अदुवा, उखु, फर्सि र कालो भटमास राखेर पूजा गरिन्थ्यो भने आजकल पशुबलि नै दिने गरिन्छ ।
बिहान घाम नलागेकोले सिंढी चढ्न त्यति गा¥हो भएन । माथि मन्दिर पुग्दा पहिला भन्दा बेग्लै अनुभव भयो किनकि भूकम्प जानुअघि कलेजबाट सो ठाउँ जाँदा तीन तल्लाको पेगोडा शैलीको सुन्दर मन्दिर अनि मूल ढोका सुनको जलपले टिलिक्क टल्केको देखेको थिएँ तर आज भने भूकम्पले गर्दा जिर्णोद्धार गर्ने क्रममा भुईंतल्ला मात्र बाँकि रहेको अवस्थामा देख्दा खल्लो लाग्यो । हुनत बैशाख १२ गतेको भूकम्पले देशका विभिन्न स्थानका मुख्य मुख्य सम्पदाहरु क्षतिग्रष्त छन् । बज्रयोगिनी देवीलाई नमस्कार गर्दै र संगैको गुँविहारको परिक्रमा गरी अलि माथि चिया खाने पसलमा पस्यौं । फेरि सिमसिम पानी पर्न थाल्यो । चिया पिउदासम्ममा पानी अलि कम भयो ।
काठमाडौं उपत्यकामा अवस्थित चार योगिनी देवीहरु गुह्येश्वरी (नैरात्मा योगिनी), फर्पिङ्ग (बज्रयोगिनी), विजेश्वरी (आकाश योगिनी), साँखु (खड्गयोगिनी) जसलाई नेपाल भाषामा म्हासुख्वाः माजु र ह्याउँ ख्वाः माजु अर्थात् पहेंलो वर्णको अनुहार भएको र रातो वर्णको अनुहार भएको देवी भनिन्छ । बौद्ध तन्त्र साहित्यमा षड्योगिनी, अष्ट योगिनी, चतुषष्ठि योगिनी आदि धेरै योगिनीको उल्लेख भएको पाईन्छ । यी योगिनीहरु श्री चक्रसम्वर, हेवज्र, हेरुकादि सम्वरहरुको शक्ति स्वरुपिनीको रुपमा लिइन्छ । बज्रयानी परम्पराअनुसार शुन्यताको प्रतीकको रुपमा खड्ग र कर्ति दायाँ दुई हातले, पात्र र उप्mवःस्वाँ (कमलको पूmल) बायाँ दुई हातले समाति नागको गहना, बाघको छालाले बेरिएको, टाउकाको माला, र ३ वटा आँखा, रातो वर्णको अनुहार भएकी देवी खड्गयोगिनी अर्थात् बज्रयोगिनी हुन् ।
वंशावलीमा साँखु देशको इतिहास बज्रयोगिनीको उत्पत्तिसंगै शुरु भएको छ । मणिशैल महावदानमा देवी उत्पत्ति सम्बन्धमा उल्लेख भएअनुसार श्री शाक्यसिंह भगवानको पालामा उत्तर दिशातिर हिमालय पर्वतको नजिकै मणिचूड भन्ने पर्वतमा पद्ममाल नामको विहारले गर्दा अत्यन्त शोभायमान थियो । उल्लेख भएअनुसार सत्ययुगमा यही मणिचूड पर्वतमा मणिशैल भन्ने रत्नादि जडित चम्केको ठूलो ढुंगाको चेपबाट श्री उग्रतारा बज्रयोगिनी ज्योतिरुप आफ्से आफ प्रकट हुनुभयो । देवी उत्पत्ति भएको बेला पञ्चरश्मी दशै दिशामा जाज्वल्यमान भयो । बज्रयोगिनी देवीलाई विभिन्न नामले सम्बोधन गरिन्छ । खड्गयोगिनी देवीलाई बौद्धहरुले महाचीन तारा पनि भन्ने गर्छन् ।
बज्रयोगिनी मन्दिरको दायाँतिर वासुकी नागराजा र बायाँतिर स्वयम्भू चैत्य (धवल चैत्य) लाई छोपेर बनाइएको दुई तल्लाको मन्दिर छ जसलाई गुँविहार पनि भन्ने गरिन्छ । मन्दिरको अगाडि एउटा भजन गर्ने फल्चा रहेको छ भने मन्दिरको पछाडि गुफा पनि रहेको छ । गुफाको पछाडि फेरि अर्को दुईवटा गुफा पनि रहेको छ । तलतिरको गुफामा तिब्बती लिपि र संस्कृत भाषामा “ॐ मणि पद्मे हुँ” मन्त्र लेखिएको छ भने नजिकै एउटा “धर्म पाप” छुटाउने प्वाल रहेको छ । मन्दिरलाई दायाँपारी घुमेर जाँदा उत्तर पूर्वतिर तिनवटा ढुंगेधारा पनि रहेको छ । त्यसको तलतिर विभिन्न आकारका चैत्यहरु रहेका छन् । बज्रयोगिनी मन्दिरको अगाडितिर ढुंगाको स्तम्भ ठडिएको छ त्यस नजिकै ठूलो घण्टा राखेको छ । बज्रयोगिनी मन्दिरको अगाडि एउटा ढुंगा रहेको छ जसलाई वासुकी नागराजा भनेर पुजिन्छ । यो ढुंगा बज्रयोगिनी देवी उत्पत्ति भएको बेला नै उत्पत्ति भएको मानिन्छ । आजकल बौद्धमार्गीहरु यस ढुंगालाई अक्षोभ्य तथागतको रुपमा मानिन्छ ।
बज्रयोगिनी मन्दिरको अलि माथि ढुंगाको सिंढी चढेर फराकिलोे चोक पुगिन्छ, जसको बीच भागमा कहिल्यै नसुक्ने भनिएको कलात्मक ढुंगेधारा अहिले सुकिसकेको छ । त्यसै चोकको दक्षिण भागमा पुरानो दुई तल्लाको भवन थियो, जहाँ भुईंतल्लामा सधैं आगो बलिरहन्थ्यो । त्यहीं दीपंकर बुद्धको शीर्ष भाग र एउटा ठूलो कराही रहेको छ । त्यसको माथिल्लो तल्लामा साँखुमा जात्रा गरिने बज्रयोगिनी देवीको मूर्ति साथसाथै जात्रामा सहभागी गराइने सिंहनी र व्याघिनीको मूर्तिहरु राखिएको थियो । ती सबै मूर्तिहरु अहिले भवन जिर्णोद्धार गर्ने क्रममा चोकको उत्तरतिरको भवनको भुईंतल्लामा सुरक्षित राखिएको छ ।

गुँबिहार

बज्रयोगिनी मन्दिर नजिक गुँविहार अवस्थित छ जुन विहार उपत्यकाको सबैभन्दा पुरानो विहार मानिन्छ । यस विहारभित्र उपत्यकाका अन्य विहारमा जस्तो बुद्धको मूर्ति नभई स्वयम्भू चैत्य रहेको छ । अंशुवर्माको एउटा शिलालेखमा अन्य विहार तथा मन्दिरहरुको नाम संग यस गुँविहारको नाम पनि आएको छ । गुँविहारको उल्लेख पशुपतिनाथ र चाँगुनारायण मन्दिरको दाँजोमा आएको छ किनभने ती मन्दिरहरुलाई जस्तै यस विहारलाई पनि सरकारले ६ पुराण २ पण बजेट दिइन्थ्यो भनी लिच्छविकालीन अभिलेखमा उल्लेख भएको छ । नेपाल भाषामा “गुँ” को अर्थ बन हो । यसर्थ बनमा अवस्थित भएकोले नै यस विहारको नाउँ गुँविहार रहन गएको देखिन्छ ।

माधवनारायण मन्दिर

साँखुको अर्को महत्वपूर्ण स्थान साली नदी किनारमा अवस्थित माधवनारायण मन्दिर हो, जहाँ प्रत्येक वर्ष माघ पूर्णिमादेखि एक महिनासम्म महिला पुरुष ब्रतालुहरु ब्रत बस्ने गर्दछन् । यस कारणले पनि यो ठाउँ प्रसिद्ध छ । तर यस दिन बज्रयोगिनी मन्दिरभन्दा माथि डाँडामा रहेको मणिचूड दह हाम्रो गन्तव्य भएकोले साली नदी गएनौं । १२ वर्ष अघि मेला भएको बेला एकपटक भने म गएको थिएँ ।

मणिचूड डाँडातिर

मणिचूड डाँडा शुरु हुने वित्तिकै सेतो रंगको तिब्बती शैलीको चैत्य देखियो । त्यही चैत्यलाई परिक्रमा गरेर अझै उकालो लाग्यौं । हुनत साँखुदेखि मणिचूड डाँडाको माथि दह पुग्न मोटर बाटो बनिसकेको रहेछ तर बसबाट जानुभन्दा लालीगुँरासले धपक्कै भएको वनै वनको बाटो त्यहाँको रमणीय दृश्य हेर्दै जानुको मज्जा नै छुट्टै हुँदोरहेछ । आधा घण्टाको उकालो लागेर फर्केर हेर्दा तल साँखु बजार अनि दायाँतिर बौद्ध स्तुप तथा त्यस वरिपरिको गुम्बाहरु, नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तथा स्वयम्भू डाँडा स्पष्टरुपमा देखियो । मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य, महामञ्जुश्रीको डाँडा छर्लंगै देखिएकोले रोमान्चित बनाएको थियो । साँच्चै नेपालको हरेक ठाउँ रमणीय देखिंदा आपूm नेपालमा जन्मेकोमा भाग्यमानी ठान्छु । किनकि यस्तै दृश्य हेर्न पर्यटकहरु कहाँ कहाँ देखि नेपाल भ्रमण गर्न आउँछन् ।
उकालो चढ्दै जाँदा बाटोमा नागार्जुन राष्ट्रिय निकुञ्जको अफिस पनि देखापर्यो । बाटोमा फलपूmल खाँदै उकालो चढ्दै जाँदा थकानको अनुभव नै भएन । रातभरि र विहानसम्म सिमसिम परिरहेको पानी उकालो चढ्न थालेपछि रोकिएको थियो । घाम लागेको भए उकालो चढ्न पनि मुश्किल पथ्र्यो । अलि अगाडि झण्डै एक घण्टा उकालो चढिसकेपछि मणिचूड स्कूल देखियो । अब चाहिं गन्तव्य नजिक भएको थाहा पाई मनमनै दंग पर्दै अलि छिटो छिटो खुट्टा चाल्न थाल्यौं ।
बाटोमा लालीगुँरास ढकमक्क फुलेको रुख देख्यो कि पूmल टिप्न प्रयास गथ्र्यौं तर धेरै असफल ! लालीगुँरास भीरपखेरामा फुल्ने राष्ट्रिय पूmल जसको बनावट बेग्लै रहेको तथा यसको रंग पनि अति राम्रो तथा उपयोगी पूmल पनि हो । यो पूmल सेतो, प्याजी आदि रंगमा पनि पाइन्छ तर रातो रंगको लालीगुँरास नै हाम्रो राष्ट्रिय पूmल हो । घाँटी दुखेको अवस्थामा यो पूmलको पता तातो पानी उमालेर पिएमा निको हुन्छ त्यसै गरी माछाको काँडा घाँटीमा अड्केको बेला पनि यो पूmलको पात खाएमा ठीक हुन्छ । सुन्दरता मात्र होइन औषधीको रुपमा पनि लालीगुँरास पूmललाई लिन सकिन्छ त्यसैले जे पर्ला पर्ला भनी एउटा रुख चढेर सकुन्जेल पूmल टिपें । हाईकिङ्गमा आएका प्राय मानिसको हातमा पूmलको गुच्छा देखें । कसैले भगवानलाई चढाए त कसैले घरमा लिएर आए हामीले पनि एक झोला लिएर आयौं ।
करीब डेढ घण्टाको उकालो चढिसकेपछि खुल्ला चौर आइपुग्यो । त्यहाँ गणेशको मूर्ति एउटा पनि थियो । त्यहीं लस्करै बसेर फोटो खिच्यौं । अलि अगाडि गए पछि मान्छेको कोलाहल सुन्यौं । ल अब त साँच्चै पुग्यौं भनेर मन हतार भयो पाईला अलि छिटो छिटो सा¥र्यौं । नभन्दै एक मिनेटको जंगलको बाटो पन्छयाउँदै जाँदा आँखा अगाडि दह देखियो । ल बल्ल पुगियो भन्दै आनन्दको सास फेरें ।
दहको उत्तरतर्पm बोधिसत्वलाई दुई जनाले करौंतीले टाउको रेटेर मणि निकाल्न लागेको प्रस्तरको मूर्ति रहेछ । मूर्तिको तलतिर नेपाल भाषाको प्रचलित लिपिले लेखेको शिलापत्र देखें । तर यो मूर्ति हेर्दा त्यति धेरै पुरानो जस्तो लागेन । दहको पश्चिम भागमा पुरानो अशोक चैत्य रहेको छ । यस ठाउँ पुग्दा साँच्चै नै शान्त लागेको थियो किनकि जंगलको बीचमा रहेको यो दहको आप्mनै महत्व छ ।
त्यहाँ आएका मानिसहरुमध्ये कोही यो दह सात पटक घुम्नु पर्छ भन्दै सात पटक परिक्रमा गर्दै थिए भने कोही दहको पानी जलको रुपमा सानो सिसीमा राख्दै थिए । कोही दहमा एकपटक खुट्टा डुबाउनु पर्छ भन्दै भित्र गएका थिए । अलि माथि सानो धाराबाट आइरहेको पानी यहाँ दहमा जम्मा हुने रहेछ । पानी धेरै चिसो थियो, पानी अलिकति लिएर हातमुख धोएं । सात पटक घुम्नुपर्छ भनेको दह एक पटक फन्को मारें । पश्चिमतिर एउटा शिवलिंग पनि रहेछ त्यसको अगाडि सानो ढुंगाको साँढेको मूर्ति (पशुपतिनाथको बाहन) रहेछ, जसलाई उचालेर युवाहरु खेलिरहेको थियो । उनीहरु त्यो मूर्तिलाई उचाल्न सकेमा आप्mनो मनको ईच्छा पूरा हुने भन्दै पालै पालो उचालिरहेका थिए ।
 यस ठाउँको धार्मिक महत्व रहनुमा, गौतम बुद्ध पहिला वोधिसत्व मणिचूड राजा भएर जन्म लिएको बेलामा आप्mनो शिरको मणि दान गरेको घटना संग सम्बन्धित छ । कथनअनुसार, पहिला साकेत भन्ने देशमा साकेत राजाले राज्य गरेको बेला उनको रानी कान्तीमतीको गर्भबाट मणिचूड राजकुमारको जन्म भएको थियो । उनी गर्भमा रहेको बेलादेखि नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढ्दै गएको थियो । राजकुमारको जन्महुँदा नै उनको शिरमा मणि थियो जुन सूर्यको रश्मी समान जाज्वल्यमान थियो । उक्त मणिको लक्षण भनेको रोगीलाई मणिको जल पिलाएमा रोग निको हुने, आँखा नदेख्नेलाई मणि छुआईदिएमा आँखा देख्ने, दुर्भिक्ष भएमा मणिजल छर्किदिएमा सुभिक्ष हुने थियो ।
बालक बाल्यकाल विद्या अध्ययन गरी पारंगत भएपछि राजाले राज्य सुम्पेर तपोवन तिर लागे । मणिचूड राजा यौवन अवस्थामा प्रवेश गरेपछि एक जना ऋषिको धर्मपुत्री पद्मावतीसंग विवाह भयो र पद्मोत्तर नामका राजकुमार पनि जन्मियो ।  पूर्णिमाको एक दिन मन्त्रीहरु सबैलाई बोलाएर धर्मको विषयमा छलफल भयो । यही समयमा चारैदिशाका राजाहरु धृतराष्ट्र, विरुधक, विरुपाक्ष, वैसवन यी चार दिक्पाल राजाहरु मस्त्र्य मण्डल घुम्दै साकेत देश आइपुगे । त्यसबेला मणिचूड राजाले दानधर्म गरिरहेको कुरा इन्द्रकहाँ पुग्यो ।
मणिचूड राजा दान धर्म गर्न यति लालायित थिए कि उनले दानशाला बनाउन लगाएर जस जसले जे जे माग्यो त्यही त्यही दान दिएर आप्mनो ईच्छा पूरागर्दै रहे । यो दान कर्म उनले स्वर्ग जान नभई आप्mनो सम्यक सम्बोधि लाभ गर्ने इच्छाले गरेका थिए । दान दिने क्रममा पाँच जना ब्राम्हणहरुले मागे जति धन दिएर पठाए । त्यसै गरि आपूmसंग भएका हात्ती, घोडा सबै दान दिए, त्यति मात्र होइन आप्mनो पत्नी छोरा पनि दान दिए । यसरी दान धर्म गरेकोेले ईन्द्रको आसन तात्यो र ऊ राक्षसको भेषमा आएर मांसाहारी भोजनको माग गरे । राजाले आप्mनो घाँटी रेट्न तरबार उठाएका मात्र थिए पृथ्वी कम्पन भयो ।
त्यसै गरि अयोध्यामा दुर्भिक्ष भएर असंख्य जनताको मृत्यु भएको अवस्थामा दुर्खेसह राजाले के उपाय छ भनी बुभ्mदा मणिचूड राजाको मणि ल्याई मणि भएको पानी छर्किदिएमा सुभिक्ष हुने सम्भावना थाहा पाएर पाँच जना पुरोहितलाई हिमालय गई मणिचूडको शिरमा रहेको मणि ल्याउन आज्ञा भयो । सोही आज्ञाअनुसार उनीहरु, मणिचूड हिमालय तपस्या छोडी त्यहीं आए र सबै कुरा बताए । राजाले आप्mनो शिरको मणि दान दिने वचन दिनुभयो । ब्राम्हणहरुले शस्त्रले प्रहार गरेर मणि निकाल्ने प्रयास गरे । शिरमा रहेको मणि जरा समेत उखेल्न खोजे तर निकाल्न सकेनन् । फेरि करौंतीले रेटे । राजालाई असह्य वेदना भयो । रगतको खोला बगेर रोहिणी नदीमा मिल्न गयो । ब्राम्हणहरुले धेरै मेहेनतपछि मणि निकालेर राजाको हातमा राखिदिए । राजा अत्यन्त खुशी भई ब्राम्हणहरुलाई सो मणि दान दिए । त्यसैबेला पृथ्वी कम्प भयो । मणिचूड राजाले शिर रेटेर मणि दान दिएकोले देवगणहरु जम्मा भई विभिन्न प्रकारका पूmलले पूजा गरे । यसरी मणिचूड राजाले आप्mनो दान पारमिता पूरा गर्न शिरको मणि दान दिएको स्थान भएकोले यस ठाउँ बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बन्न पुगेको हो । अहिले यो ठाउँमा बौद्ध धर्मावलम्बीहरु मात्र होइन अन्य मानिसहरु पनि यस ठाउँमा आउने गर्दछन् । मणिचूड राजाले शिर रेट्न लगाएर मणि निकाल्न लगाएको स्थान मणिचूड डाँडाबाट झण्डै डेढ घण्टा तल झर्नु पर्ने रहेछ त्यस स्थानमा पनि एउटा शिलालेख र पानी जमेको ठाउँ छ । यसै गरि जनै पूर्णिमाको दिन डाँडा माथिको मणिचूड दहमा मेला लाग्ने गर्दछ । यस्तो धार्मिक, रमणीय पवित्र स्थललाई पर्यटकीय हिसाबले विकास गर्न सकेको खण्डमा अझ यस स्थानको महत्व बढ्ने देखिन्छ साथै स्थानीय बासिन्दाले पनि रोजगारको अवसर पाउने देखिन्छ ।
मणिचूड डाँडा पुग्दा बिहान बादलले ढाकेको आकाश केही समयका लागि सफा भएको थियो । आधा घण्टा जति थकाई मारी हामी सीधै तल ओरालो लाग्यौं । अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं । बिहान खाजा नखाएकाले भोक पनि बेस्सरी लागिसकेको थियो । दिउँसो साढे तीन बजेतिर खाना खाई हामी पहिलो बसबाट नै साँखुबाट विदा भयौं ।

About discovery4p

Check Also

लुम्बिनीमा वैशाख पूर्णिमा

मायादेवीले सिद्धार्थलाई जन्म दिनु अघि नुहाउनु भएको पोखरीका रुपमा चिनिने यस पोखरी वरिपरि दियो बाल्दा …

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *