Tuesday , February 19 2019

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न सात समुन्द्र पारबाट विदेशीहरू पनि आएका छन् । बन्दीपुरलाई हेरेर नेवार बस्तीको सभ्यतालाई बुझ्न सकिन्छ ।

बिमला शाक्य

बन्दिपुर एउटा पुरानो नेवार बस्ती भनेको सुनेको मात्र थिएँ, जान पाएको थिईंन । पोखरा जाँदा आउँदा बन्दिपुर जाने बाटो देखिन्थ्यो । तर, २०७३ सालको दशैं बिदा मनाउन बन्दीपुर जाने निधो भयो । भाइबहिनीहरू र ८ वर्षको भदै समेत गरी सात जनाको यात्रादल बनेको थियो । बन्दिपुर जानु अघि हामी पोखरा हुँदै घान्द्रुक पनि पुगेर आएका थियौं । बन्दीपुर चाहिं नगएको ठाउँ भएकोले अलि उत्सुकता लागेको थियो । गण्डकी अञ्चल तनहुँ जिल्लामा पर्ने यो ठाउँ काठमाडौंबाट १४३ कि.मी. पश्चिम अनि ८० कि.मी पोखराबाट पूर्वमा १०३० मी.अग्लो पहाडी भागमा अवस्थित छ ।

डुम्रेबाट ८ कि.मी.को बाटो गएपछि अग्लो भागमा सुन्दर शान्त बन्दीपुर नगरी पुग्दा आप्mनै गाउँठाउँ पुगेको अनुभव भयो । किनकि यहाँका लस्करै मिलेका पुराना नेवार शैलीका घरहरूले आप्mनै ठाउँको अनुभूति दिलाउँथ्यो । मात्र यति फरक कि काठमाडौंमा यस्ता पुराना घरहरूको ठाउँमा नयाँ आधुनिक शैलीका घरहरूले विस्थापन गरिसकेका छन् भने यहाँ पुराना शैलीलाई संरक्षण गर्दै आएका छन् । बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न सात समुन्द्र पारबाट विदेशीहरू पनि आएका छन् । बन्दीपुरलाई हेरेर नेवार बस्तीको सभ्यतालाई बुझ्न सकिन्छ । यहाँका नेवारहरू काठमाडौं र भक्तपुरबाट पृथ्वीनारायण शाहको पालामा विस्थापित भएको मान्यता छ । बन्दीपुरलाई देखे पछि यो बस्ती हजारौं वर्षसम्म यस्तै हेर्न पाऊँ जस्तो लाग्यो । जहाँ काठमाडौंको आधुनिक सभ्यताले अलिकति पनि नछोऊन् । यहाँका पुराना शैलीका घरहरू अगाडि विभिन्न थरिका पूmलहरूले ढोकामा पाहुनाहरूलाई स्वागत गरिरहेको थिए ।

बन्दीपुरमा एक रात बस्दा पनि आनन्दको सास फेर्न पाईयो । बजारभन्दा अलि पर उकालोमा खड्गदेवी मन्दिर नजिकै खुल्ला ठाउँमा नेवार होटलमा बस्या,ैं जुन ठाउँ पुग्नको लागि ढुंगाका सिंढीहरू चढदै जानु पथ्र्यो । मन्दिरमा खासै चहलपहल थिएन । सुनसान थियो । मुकुन्द सेन पाल्पाका राजाले १६ औं शताब्दीमा बनाएको यस मन्दिरमा दशैंमा मात्र भीड हुने रहेछ । यो मन्दिर परिसर अलि खुल्ला ठाउँमा रहेको छ । अगाडि चोक अनि मन्दिरको मुख्य ढोका जानका लागी ढुंगाकै सिंढीहरू बनाइएका थिए । मन्दिरको पछाडि भागमा अग्ला ढुंगाकै पर्खालले घेरिएको थियो । अग्लो ठाउँ भएकोले यहाँबाट बन्दीपुरको दृश्य राम्रै देखिन्थ्यो । बन्दीपुरमा साँझ ४ बजेतिर पुगेका थियौं । त्यसैले त्यो दिन बजार मात्र घुम्यौं । बजारमा प्रायः गेष्ट हाउस, होटल र हस्तकलाका सामानहरू विक्रीका लागि राखिएका पसलहरू देख्यौं भने बजारको बीच भागमा स–साना मन्दिरहरू मात्र देखियो । बन्दीपुरका केही प्रसिद्ध ठाउँहरू घुमिसकेपछि साँझतिर टुँडिखेलमा गयौं । खुल्ला ठाउँ भएकोले यहाँबाट आकाश सफा भएको बेला उत्तरतिर हिमश्रृंखलाको दृश्य राम्ररी देखिन्थ्यो तर हामीले हेर्न पाएनौं । टुँडिखेलको एक छेऊमा रिसोर्ट रहेको छ । टुँडिखेलमा पनि सानो मन्दिर रहेको छ अनि त्यसको नजिकै ठूलो अजंगको रुख पनि ।

बन्दीपुरमा खड्गदेवीको मन्दिरबाहेक अरु तीनधारा र शिव मन्दिर पुरानो बस्तीभन्दा अलि पर सुनसान ठाउँमा रहेको छ । बस्तीमा भने प्यागोडा शैलीको महालक्ष्मी मन्दिर रहेको छ । यसै गरी बिन्दवासिनी मन्दिर पनि रहेको पाईयो, जसले पोखराको बिन्दवासिनी मन्दिरको याद दिलाउँछ । बन्दीपुरको बजारको घुमघाम सकियो र त्यस दिन अन्त कतै गइएन । बिहान सबेरै म होटल बन्दीपुर अर्गानिक होमबाट निस्केर अगाडिको खड्गदेवी मन्दिर परिसर अनि बजार एकपटक घुम्न निस्किएं । अलि परबाट पश्चिमतिर थुम्को देखियो । त्यहाँ पुग्न १ घण्टाको समय लाग्ने भयो एक्लै भएकोले त्यहाँ नगई टाढैबाट हेरेर चित्त बुझाएँ । त्यो थुम्कोमा थानी माईको सानो मन्दिर रहेछ । हरियाली डाँडा टाढैबाट मनमोहक देखिन्थ्यो । बिहान पख बजारमा हिंड्दै गर्दा त्यहाँ एक ठाउँमा सेल रोटी पकाएर बेचिरहेको देखें । हेर्दा खाऊं खाऊं लाग्ने, ताजा सेल मुखमा पानी आयो । केही रेष्टुरेन्टको बाहिर विदेशी पर्यटकहरू चिया खाँदै गफिँदै गरेको देखें भने कतै हस्तकलाका सामानहरू बेचिरहेको पसल भेटाएं । हस्तकलाको लागि प्रख्यात नेपालमा जहाँ गए पनि यस्ता कलात्मक सामानहरू बेचिरहेका हुन्छन् । पहिला मेरो एकजना साथीले बन्दीपुर लेखिएको पर्स उपहार दिएको सम्झंदै होटल फर्किएं । बिहानको नास्ता सकेपछि हामी बन्दीपुरको प्रसिद्ध सिद्ध गुफा जाने र काठमाडौं फर्किनु थियो । बहिनीको फोन आएकोले हतार हतार होटलमा पुगें ।

बन्दीपुरको घुमघाम त्यहाँको सिद्ध गुफाको अवलोकन बिना अपूरो हुने रहेछ । बिहान चिया खाजा खाईसकेपछि हामी सिद्ध गुफातर्पm अगाडि बढ्यौं । हामी बसेको होटेलबाट सीधा उकालो लागेपछि सेनगढ आईपुग्यो तर त्यहाँ सेन गढको महत्व लेखिएको साईनबोर्ड बाहेक अरु केही थिएन । त्यहाँबाट सीधै हिंडेर सिद्ध गुफा जाने बाटो भेटियो । सेनगढीको स्थापना कहिले भएको भन्ने कुरा यकिनका भन्न नसके पनि राजा मुकुन्द सेनका सन्तान तनहुँका सेन राजाहरूले वि.सं १५७४ˉ १८२१ मा यहाँ आप्mनो हतियार भण्डार बनाएका थिए यो टापु गोरखा निगरानि गर्ने एउटा मुख्य गढी थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान शुरु गरेपछि तनहुँका राजाहरू आप्mना राजधानी तनहुँसुर छाडेर बन्दिपुरबाट गोरखाली सेनाहरूसँग लडाई गरिरहेका थिए । वि.सं १८२१ मा राजा पृथ्वीनारायण शाहले छलकपट गरि तनहुँका राजा त्रिविक्रम सेनलाई कब्जा गरेता पनि वि.सं १८३८ मा रानी राजेन्द्र राज्य लक्ष्मी देवीको राज्यकालमा काजी अमर सिंह थापासहितका गोरखाली सेनाले बन्दीपुरलाई अन्तिम पटक नेपाल राज्यमा गाभेको थियो ।

बन्दीपुरबाट आएकोले हामी सिद्ध गुफा जान ओरालो झर्नु पर्यो । ढुंगाका सिंढीहरू बनाइएको थियो । ओरालो कति जानु पर्ने भनेर मनमा खुल्दुली भयो । बाटोमा भेटिएका मानिसलाई सोध्दा १ घण्टा ओरालो झर्नुपर्ने भने । झण्डै १ घण्टापछि बल्ल सिद्ध गुफाको प्रवेशद्वार पुग्यौं । डुम्रेबाट हिंडेको भए उकालो सिंढी चढ्नु पर्ने थियो । पहाडको बीचमा अवस्थित यस गुफाको महत्व अलग्गै रहेको छ । गुफा अगाडि झुण्ड्याइएका सूचनापाटीहरूमा गुफाको नक्साका साथै अन्य कुराहरू पढें । गुफाभित्र जान २०० रुपैंया तिरेपछि एक गाईडको व्यवस्था भयो । टर्चको पनि व्यवस्था भयो तर पर्याप्त थिएन किनकि भित्र अँध्यारो नै थियो । टर्च लाईटको भरमा हामी भित्र छिर्यौं । यो गुफा पोखराको महेन्द्र गुफा अनि गुप्तेश्वर गुफा भन्दा फरक बनोटको थियो । अलि भित्र पसेपछि गुफाको माथि सिलिङमा विभिन्न आकारका बनोटहरू भएको गाइडले बताउँदै थिए । त्यसभन्दा अँध्यारोमा राम्रो फोटो त खिच्न सकेनौं । तर त्यस गुफाको भित्तामा अनेक प्रकारका आकृतिहरू रहेको भनेर गाईडले टर्च लाइट बाल्दै देखाउंँदै थिए । अलि अगाडि पुगेपछि फलामको लामो भ¥याङ ठड्याएको थियो । त्यही भ¥याङ ओर्लेर जाँदा अलि अगाडि माथि ढिस्को ठाउँमा तातोपानीको मुहान रहेछ । त्यहाँसम्म पुग्न फेरि डोरीको सहायताले चढ्नुपर्ने रहेछ । जुत्ता अलि चिप्लो भएको खण्डमा जान नसकिने अवस्था थियो । दुई भाई र म मात्र त्यहाँ जान तयार भयौं । गाईडले बताउँदै थिए कि यस गुफाको उचाई ३ हजारभन्दा माथिको उचाईसम्म छ । यहाँ सयौं चमेराहरूको बासस्थान भएकोले धेरै आवाज ननिकाल्न भने । नेपालकै सबभन्दा लामो र दक्षिण एशियाको दोस्रो लामो गुफाको नामले प्रसिद्ध रहेको छ, यो गुफा ।

सन् १९८० तिर पत्ता लागेको भनिएको यो सिद्ध गुफाले बन्दीपुर आउने पर्यटकहरूलाई थप साहसिक यात्राको अनुभव गराउन मद्दत पुयाएको छ । सिद्ध गुफाको अवलोकन गरिसकेपछि प्रवेशद्धारमा आईपुग्यौं । त्यहाँबाट तलतिर एकदम राम्रो दृश्य देखिने रहेछ । मूलबाटो पुग्न अर्थात् विमलनगरमा माईक्रो रोकिराखेकोले फेरि तल ओरालो सिंढी झर्यौं । त्यहाँ पनि एउटा प्रवेशद्वार थियो, अलि कति हिडें पछि मूलबाटोमा आईपुग्यौं र काठमाडौंतर्फ लाग्यौं ।

About discovery4p

Check Also

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं …

थार्इल्यान्डकाे यात्रा

विदेश भ्रमण एउटा रोमान्चक भ्रमण हुँदो रहेछ, जो पहिलो पटक विदेश जाँदैछ । म पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *