Tuesday , February 19 2019

कस्तो बनाउने रानीपोखरी ?

विविध कारणले परिवर्तित हुन पुगेका सम्पदाका स्वरुपहरुलाई सकभर पुरानै शैलीमा फर्काउने प्रयास हुनुपर्छ ।

  • बसन्त महर्जन

तीन वर्षअघिको भूकम्पले भत्काए   को रानीपोखरीेबीचको बालगोपालेश्वर मन्दिर कसरी र कुन शैलीमा बनाउने भन्ने सम्वन्धमा उठेको विवाद अझै जारी छ । यसबीचमा बनाउने र भत्काउने गर्दा करोडौं रकम सकिएको छ । परम्परागत नेपाली संस्कृति र सम्पदालाई कसरी हेर्नुपर्छ भन्नेबारे एउटा निश्चित मापदण्ड वा दृष्टिकोणको विकास भइनसकेको र जिम्मेवारमध्येकै कतिपयमा संस्कृति तथा सम्पदाका सम्बन्धमा आधारभूत चेत नै नभएको अवस्थामा यस्तो अन्योल र सुस्तता आउनु अस्वाभाविक होइन ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर अहिले तेस्रो पटक बनाउन लागिएको संरचना हो । राजा प्रताप मल्लको समयमा निर्माण हुँदा यो शिखर शैलीमा रहेको कुरा सन्

१८४५ को ५फेबु्रअरी देखि मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य निर्माणअघिको राज्य) को राजकुमार वाल्डेमरका साथमा आएका कलाकारहरुको पेन्टिङ्बाट थाहा हुन्छ । जंगबहादुरको समयमा भत्किएको यो मन्दिरको पुनर्निर्माण गुम्बज आकार गरियो । जुद्धशमशेरको शासनकालमा पुनः भत्किएको यो मन्दिरलाई अलि फरक पारेर गुम्बज शैलीमै पुनर्निर्माण गरियो । २०७२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिंदा सम्पदाप्रेमीहरुले विरोध गरेपछि काम रोकिएको छ ।

मन्दिर पुनर्निर्माणका लागि गठित अध्ययन समितिले प्रताप मल्लले बनाएकै स्वरुपमा बनाउनुपर्ने भनी दिएको सुझाव दूरदर्शी छ । यो सुझावबाट सम्पदा प्रेमी,

सम्पदाविद्, स्थानियवासी सबै उत्साहित भएको पाइन्छ । तर, पुरातत्व विभागले मौलिक शैलीमा नभएर तीन वर्षअघि भत्किएको गुम्बज शैलीमै हुनुपर्छ भन्ने अडान राखेपछि हलो अड्किन पुगेको छ ।

मन्दिर वास्तुकलाको सन्दर्भमा नेपालको मौलिकता वा पहिचान भन्नु तले (प्यागोडा) शैली हो । भारतमा ईस्वीको प्रथम शताब्दीमा देखा परेको शिखर शैली नेपाली मन्दिर वास्तुकलामा पनि गज्जबले विकास भएर मौलिक भनेजस्तै घुलमिल भइसकेको छ । प्रताप मल्लको समयमा निर्माण भएका शिखर शैलीका मन्दिरहरुमा रानीपोखरीको बीचको बालगोपालेश्वरलगायत अन्य थुप्रै मन्दिर प्रसिद्ध छन् । स्वयम्भूमा यिनै मल्ल राजाद्वारा निर्माण गराइएको प्रतापपुर र अनन्तपुर मन्दिर

अहिले स्वयम्भूको ‘आइकन’ भइसकेका छन् । यस अर्थमा प्यागोडा र शिखर शैलीलाई नेपाली कलाको पहिचान भन्दा हुन्छ । नेपालमा मुख्यतः मुख्तियार भीमसेन थापाको समयमा भारतको राजस्थानबाट आयातित गुम्बज शैलीमा नेपालको प्राचीनता झल्किंदैन ।

रानीपोखरीस्थित मन्दिरलाई मौलिक शैलीमा बनाउन सम्भव नभएको भन्ने पुरातत्व विभागको तर्क आफैमा निकै कमजोर छ । अध्ययन समितिले यो संभव भएको अडान लिएको छ भने महानगरपालिका पनि यसमा बजेट राख्न राजी छ । शिखर शैलीमा मन्दिर बनाउन चाहिने सामग्रीहरु मात्र नभएर यो शैलीमा काम गर्ने कलाकारहरु पनि नेपालमा प्रसस्तै छन् । सर्वसाधारणदेखि सम्पदाप्रेमीहरु शिखर शैलीमा बनाउँदा अझ राम्रो हुने भनी उत्साहित छन् भने पुरातत्व विभागलाई मात्र यसमा किन आपत्ती भनेर बुझिनसक्नु छ । पुनःनिर्माण गर्दा पछिल्लो कालमा जस्तो देखियो त्यस्तै बनाउनु पर्छ भन्ने मान्यता पुरातत्व विभागको हो भने यो मान्यता रानीपोखरीमा मात्रै किन भनेर प्रश्न गर्ने ठाउँ छ ।

यसअघि हनुमानढोका दरवार परिसरमा अवस्थित दुईतले महाविष्णु मन्दिरको पुनर्निर्माण हुँदा एक तला थपेर तीनतले बनाइयो । पुरानो फोटोग्राफीबाट यसको मौलिक स्वरुप तीन तलाको थियो भन्ने थाहा पाएर गौरव जोगाउनेक ाम गरिएको बुझ्न सकिन्छ । सुर्खेतको काँक्रेविहारको जंगलमा छरपस्टिएको ढुंगा र जग मात्र देखेको आधारमा शिखर शैलीको मन्दिर बनाउन उत्साहित हुने पुरातत्व विभागले प्रुसियाका कलाकारले बनाएको पेन्टिङ्लाई आधार बनाउन नसकिने भनी दिने गरेको जवाफले उसको दोहोरो मापदण्ड मात्र देखाएको छ ।

रानीपोखरी र त्यसबीचको मन्दिरको परिचय दिंदा राजा प्रताप मल्लको नाम जोड्ने हो भने त्यसको संरचना उनले जसरी, जुन शैलीमा बनाएका थिए त्यस्तै हुनुपर्छ । परिवर्तित शैलीलाई पुनः मौलिक स्वरुपमा नै फर्काउने अवसर पनि यही हो । पछिल्लो स्वरुपको संरचना बनाउने जोरजुलुमलाई इतिहास बङ्ग्याउने दुस्प्रयास नै भन्न सकिन्छ ।

(साभारः हिमाल, १३-१९ जेठ २०७५)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

One comment

  1. Padmini Pradhananga

    Rani pokhari tarai ko shaili ma banauna khojdai chhan yo galat ho. Chhath puja bageko nadi kinar ma garnu parne thauma Rani pokharima saskriti atikraman garer paryawaran bigaarna chhath puja garne prachalan hataunu parchha.puratatwik shaili ma nai punanirman hunu parchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *