पहाडकी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि ग्रामीण पर्यटनको प्रमुख आकर्षण केन्द्र बन्दै गएको छ ।
झन्डै ३४ सय फिट उचाइमा रहेको नेवार कला संस्कृतिको थलो यहाँबाट पश्चिमको अपि सैपाल हिमालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, हिमालचुलीदेखि पूर्वका लाङटाङ हिमशृङ्खलाका कयौँ चुचुराहरु देख्न सकिन्छ ।
तल मस्र्याङदी उपत्यका र त्यसको ठीकमाथि चिटिक्क परेका हरिया पहाडजस्ता प्राकृतिक सौन्दर्यले बन्दीपुर पुग्नेलाई मोहित तुल्याउँछ । अठारौं शताब्दीमा बनेपाबाट पुगेका नेवारहरुले व्यापार सुरु गरेका बन्दीपुर नेवार कला संस्कृतिको पनि अनुपम स्थल हो ।