Monday , August 26 2019
Cultural Landscape and Archaeological Remains of the Bamiyan Valley (Afghanistan)

बामियान – एउटा जिउँदो इतिहास

हुन त अहिले अफगानिस्तानको अवस्था नाजुक छ तर पनि कुनै जमानामा अफगानिस्तान भन्ने देश निकै सुन्दर र रमणीय थियो भन्ने कुरा सन् ६३४ मा त्यहाँ भम्रण गरेका हृवेनसाङ्गको यात्रा वृतान्तले बताउँछ । बुद्धमार्गीहरूको लागि हाल अफगानिस्तानमा भएको बामियान निकै महत्वपूर्ण र्तीथस्थलहरूमध्ये एक मान्न सकिन्छ ।

बौद्धहरूको कला हिन्दुकुश पर्वतमा रहेको बामियान उपत्यका अन्तिम स्थलको रुपमा अफगानिस्तानमा रहेको छ । बामियान बौद्धहरूको केन्द्रीय स्थल थियो र व्यापारिक क्षेत्र पनि । किनकि यस क्षेत्र केन्द्रीय एशिया, भारत र चीनसँगको सीमाना जोडिएको छ । यस स्थल शताब्दियौसम्म नै मुख्य व्यापारिक केन्द्रको रुपमा चर्चित थियो । यो क्षेत्र पाँचौ शताब्दिदेखि शुरु भएर नवाैं शताब्दिसम्म निकै विकसित भइसकेको थियो । यही क्षेत्रलाई आधारित गरी पूर्व र पश्चिमाहरूबीच धर्मको आदानप्रदान हुने गरेको थियो । बामियान उपत्यका अफगानिस्तानको केन्द्रमै रहेको छ, जुन राजधानी काबुलभन्दा २०० कि.मि. दक्षिण पश्चिममा पर्दछ । २५०० मि. उचाईमा रहेको यो स्थल हिन्दूकुश पर्वत श्रृखलासँग जोडिएर रहेको छ । बौद्धहरूको लागि यो क्षेत्र ५०० वर्षम्म मुख्यस्थलको रुपमा रह्यो ।

बामियान पहाडको दुइ छेउमा दुइवटा उठिरहेका बुद्धका मूर्तीहरू छन् । यी दुइ बुद्धहरूको दुरी करिब एक किलोमिटर रहेको छ । यी दुइ बुद्धमूर्तिको बीचमा एउटा सानो बुद्धमूर्ति रहेको छ । यस मूर्तिले पूरै शहरपट्टी हेरिरहेको छ । अभयमुद्रामा उभेका यी दुइ बुद्धमूर्ति संसारकै ठूलो उभिएको बुद्धको मूर्ति थियो । यसका साथै यसमा ठूल-ठूला गुफाहरू, पोस्टरहरू, चित्रकलाहरू रहेका छन् । जहाँ व्यक्तिगत तथा सामूहिक रुपमा पूजा गर्नका लागि निर्माण गरिएको भन्ने भान हुनसक्छ ।

इतिहासमा बामियान

कयौँ शताब्दिका लागि बामियान ब्यापारिक मार्ग अथवा रेशम मार्गको रुपमा पनि प्रयोग नभएको होइन । त्यहाँ यात्रीहरू आराम गर्ने, व्यापार गर्ने यसका साथै चीन र रोम राज्यबीचको बाटोमा पर्दथ्यो । यसले समग्रमा पूर्व र पश्चिमको मेल भएको ठाउँको रुपमा परिचित हुन्थ्यो । त्यसैले गर्दा पनि यहाँको सँस्कृतिमा विविधता पाइन्थ्यो । नवौं शताब्दिमा मुस्लिमहरू यस उपत्यकामा प्रवेश गर्न अगाडि ५०० वर्षम्म बौद्धहरूको लागि मुख्य तीथस्थलको रुपमा लिइन्थ्यो । यहाँ दोस्रो शताब्दितिर बुर्द्धधर्मले स्थान पाएको थियो । यहाँ मुख्यतया महत्वपूर्ण तीनवटा बुद्धमूर्तिहरू थिए भने धेरै गुफाहरू हालसम्म पनि विद्यमान रहेका छन् । यी ठूला दुइ बुद्धमूर्तिहरूको निर्माण दोस्रो शताब्दिमा सम्राट कनिष्कले सुरुवात गरी करिब चौथो पाँचौ शताब्दितिर पूर्ण भएको अनुमान गरिन्छ । यस पहाडमा रहेका गुफाहरू विहारको रुपमा प्रयोग हुन्थ्यो । जहाँ बौद्ध भिक्षुहरू, तीर्थालुहरू र व्यापारीहरू आराम गर्ने गर्दथे । यी गुफाहरू पुरै चित्रहरूले भरिएका छन् । त्यहाँका चित्रहरू करिब त्यहाँ भएकै मूर्तिसँग मेल खान्छन् । त्यसैले एउटै कालमा मूर्ति र गुफाको निर्माण भएको अनुमान गर्न सकिन्छ ।

यहाँको यात्रा गरेका भिक्षु अमृतानन्दले आफ्नो संस्मरणमा यसरी उल्लेख गरेका छन् , १७५ फिट अग्लो उभिरहेको बुद्धमूर्ति देख्दा मलाई निकै आर्श्चर्य लाग्यो । अनि पछि सारै आनन्द अनुभव पनि भयो । मनमा लाग्यो यो पहाड खोपेर यत्रो विशाल मूर्ति त्यतिबेलाका भिक्षुहरुले आफ्नो सम्पूर्ण जीवनको समय सिध्याएर पनि पूरा गर्न सकिएन होला, साँचै भनुँ भने बिना दूरबीन यहाँको गुफाको गारोमा लेखिराखेको चित्रहरु हेर्ने संभवै थिएन । मलाई एकजना सहायकले इसार गर्यो । भाषा नबुझे पनि मैले उसले भने बमोजिम उसको पछि लाग्दै गुफाबाट बाहिर आई पहाड चढेँ । उसले साँचो खोलेर सुरुंगभित्र लगे । यो सुरुंग बुद्धमूर्तिको शिरतिर पर्दछ । सुरुंग अर्धचन्द्राकारको थियो । सुरुंगको बाटोमा ठाउँठाउँमा निकै प्वालहरु छन् । ती प्वालहरुबाट नै त्यो गुफाको भित्तामा लेखिराखेको चित्रकला राम्रोसँग देख्नसकें । यो चित्रकला बुद्धको शिरको दायाँ बायाँतर्फो भित्तामा छ । यी चित्रहरुमा तीनवटा चित्रकला अहिलेसम्म पनि सजिव छ । धर्मचक्रमुद्राको तीनवटा चित्र हेरेर मलाई खूब आनन्द लाग्यो । अरु चित्रहरु कहिँ अनुहारमा बिग्रेेकाे भए कहिँ हातमा बिग्रेकाे छ । तैपनि यी भित्तामा लेखिराखेको चित्रकलाहरु निकै नै राम्रा अनि सौरम्य रसले भरिएको थियो । यसको रंगरोगन अहिलेसम्म ताजै देखिन्छ । यी चित्रका रंगरोगन र कलाले अजन्ता र श्रीलंकाको श्रीगिरि पहाडको चित्रकला संझाइ दिन्छ ।

ठूला बुद्धका मूर्तिहरू पहाडको दुइ छेउमा राखिएका छन् । यस उपत्यकालाई तीन भागमा विभाजन गर्न सकिन्छ । पश्चिमी भाग, यस क्षेत्रमा ५३ मिटर वा १७५ फिट भएको बुद्धमूर्ति रहेको छ । यसैमा धेरै चित्रकला र मूर्तिहरू रहेका छन् । केन्द्रिय भाग जहाँ एउटा सानो बुद्धको मूर्ति रहेको छ र पूर्वी भाग, जहाँ ३५ मिटर वा १२० फिट उचाई भएको बुद्धमूर्ति रहेको छ । यहाँको कला प्रायः चीनबाट प्रभावित भएको देखिन्छ । साथै यस पर्वतमा विभिन्न कलाहरू पनि कुंदिएको हामी देख्न पाउँछौ । यस बुद्धका मूर्तिहरू बनाएको ढाँचालाई ख्याल गर्दा यो मुख्यतया केन्द्रीय एशिया र भारतबाट गएको देखिन्छ । यहाँ भएका गुफाहरूमा बुद्ध र बोधिसत्वका चर्याहरू उहाँका उपदेशहरू कुँदिएका छन् । साथै यहाँ बुद्धकालीन प्रमुख घटनाहरू, बुद्धका दर्शनहरू जस्तै मण्डला आदिलाई पनि चित्रको रुपमा कुँदिएको छ तर यी कुराहरू सबै अलंकारिक रुपमा प्रस्तुत गरिएको छ । वरपर ठूल-ठूला बुद्ध मूर्तिहरू र यसको भित्र गुफामा पुरै कला नै कलाले सजिएको यस स्थलले स्वर्गीय वातारवणको र अलंकारिक रुपमा पूरै ब्रहृमाण्डको संकेत गर्दछ । यस क्षेत्रमा बुद्ध धर्म र्इसापूर्व तेस्रो शताब्दितिर मौर्य सम्राट अशोकबाट पुयाएको मानिन्छ । कुशनका सम्राट कनिष्कले यो क्षेत्र पहिलो वा दोस्रो शताब्दितिर निर्माण गरिएको हो । त्यतिबेला अफगानिस्तान व्यापारिक यात्राका लागि रेशम बाटो (Silk Route) को रुपमा प्रयोग हुन्थ्यो । यो मार्गबाहेक व्यापारका लागि अन्य विकल्प थिएन । अलेक्जेण्डरले पनि यही बाटो भई चीन र भारतमा आफ्नो राज्य स्थापना गरेका थिए ।

बामियानको बुद्ध मूर्ति ध्वस्त पारियो

बामियानका दुइ महत्वपूर्ण मूर्तिहरू बलौटे ढुङ्गाले कुँदिएको थियो । यी दुइ बुद्ध मूर्तिको विनाश तालिवान सरकारले मार्च २००१ मा अन्तर्राट्रिय अपिललाई ठुकराएर सन् १९९६ देखि २००१ डिसेम्बरसम्म अफगानिस्तानमा राज्य गरिरहेका तालिवान मुस्लिम मिलिसियाहरूले पड्काएका थिए । पूरै विश्व समुदायको विरोध र अपिललाई बेवास्ता गर्दै तालिवानका मुख्य नेता मुल्लाह मोहम्मद ओमारलेर् इस्लाम धर्मको विरोधमा स्थापना भएको भन्दै मूर्तिलाई ध्वस्त पार्न आदेश दिएका थिए । नेता ओमारलेर् इस्लाम धर्मको विरुद्धमा जाने कुनै पनि क्षेत्रलाई ध्वस्त बनाउने आदेशमा यी बुद्ध मूर्तिहरू पनि परेका थिए । त्यही अमानवीय विध्वसात्मक आदेशबाट अफगानिस्तानमा भएका मानिस तथा जनावरका सबै कलात्मक सम्पदाहरू विनाश गरियो । मुस्लिम नेताले यसलाई ध्वस्त पार्ने बाहेक अन्य कुनै पनि विकल्पलाई स्वीकार नगरी जबरजस्ती नै यसलाई ध्वस्त पारियो ।

१२ मार्च २००१ सम्ममा यी ठूल-ठूला बुद्ध मुर्तिहरूलाई रकेट, बन्दुक, डाइनामाइट, बम आदि जस्ता हातहतियारले सबै सखाप पारियो । अहिले त्यहाँ केही पनि छैन बरु मूर्तिका टुक्राटाक्रीहरू मात्र बाँकी छन् । केवल यी मूर्तिहरूलाई मात्र सखाप नपारी अफगानिस्तान भरि भएका सबै कलात्मक पक्षहरूलाई सखाप पारियो । हुन त अन्तरराट्रिर्य समुदायबाट विरोध चाहि नभएको होइन । विश्वकै साँस्कृतिक तथा कलात्मक सम्पदाहरूलाई रक्षा गर्दै आएको संस्था UNESCO ले समेत आग्रह गरेका थिए तर त्यो सम्भव हुन सकेन । यति मात्र नभई स्थानीय मुल्लाह समुदायका मुस्लिमहरूले पनि यो इस्लाम धर्मकै विरुद्धमा गर्यो इस्लाम धर्मको बेइज्जत हुन लाग्यो भनी विरोध नगरेका होइनन् ।

तालिवानहरूले घोषणा गरे कि र्इस्लाम धर्मको विरुद्धमा बुद्धमूर्ति मूर्ति स्थापना गरियो । त्यसैले यी सबै झुठा व्यक्तित्व हुन् । त्यसैले यसलाई ध्वस्त बनाउनपर्छ भन्ने मत उनीहरूको थियो । यसलाई ध्वस्त पार्नुपर्छ किनकी यस्ता झुठा व्यक्तिलाई कसैले पनि आजैदेखि नमनाउन । यस्ता कार्य गर्नुका पछाडि राजनीति पनि हुनसक्छ र धर्मको पनि कारण हुनसक्छ । बामियान शहर तालिवानको विरुद्धमा थियो जहाँ Northern Alliance’s Rebel भिन्ने समूहको र्समर्थन बढी थियो । तालिवानहरूले बामियान क्षेत्रलाई सन् १९९८ मा मात्र आफ्नो कब्जामा लिएको थियो र स्थानीय जनसमुदायलाई डरधम्कीका साथै त्यहाँ भएका सम्पदाहरूलाई पनि ध्वस्त पार्न लगाए । त्यहाँको तालिवान प्रमुखले र्सवप्रथम नै सिपाही प्रमुखसँग यसबारेम कुरा गरेका थिए । हुन त बुर्द्धधर्मले कसैप्रति प्रतिसोधको भावना राख्दैन । त्यसैले उनीहरूलाई सजिलो र पहिलो लक्ष्य नै बामियान बुद्ध मूर्तिमाथि लगाए । भनिन्छ कुरानमा पनि बुद्धमार्गीहरू झुठा आस्थावादीहरू हुन् भन्ने उल्लेख गरिएका छन् रे । यसैलाई अनुशरण गर्दै अन्तमा उनीहरूले यी बुद्धमूर्तिहरूलाई बिगारी छाडें । आखिर यसले कसलाई के लाभ भयो – विचारणीय पक्ष हो ।

त्यसो त कर्म र कर्मफलबाट कहाँ बच्न सकिन्छ र – शासन चलाएको एक वर्षनबित्दै त्यहाँ ठूलो भूकम्प गयो र त्यस्तै खडेरी पनि । त्यसपछि युद्धको बारेमा त थाहाँ छदैछ । अमेरिकी सेनाको नेतृत्वमा पूरै विश्वका सेनाहरूबाट लखेटी लखेटी मारिनुप-यो । सुरक्षाका साथै अन्य सहयोगका लागि गुहार मागिरहे तर अन्तर्राट्रिय आतंकवादीको रुपम कसैबाट पनि फुटे कौडी दिन मानेनन् । हुन त स्वयम् बुद्धले पनि आफ्नो ८० बर्षम्म कसैले पनि मूर्ति पूजा नगरोस् भन्ने नै चाहना राख्नुहुन्थ्यो ।

भगवान बुद्धको महापरिनिर्वाणपछि ४०० बर्षम्म भगवान बुद्धको कुनै मूर्तिहरू बनाइएका थिएनन् । भनिन्छ ४०० वर्षछि मात्र उनको सम्झनास्वरुप मूर्तिको निर्माण गरिन थाल्यो । २००० वर्षन्दा पुरानो यी सम्पदाहरूलाई रक्षा गर्नुको सट्टा विनाश गरेकाले यो जघन्य अपराध हो । वास्तवमा यो अफगानिस्तानको लागि मात्र अपराध नभई पूरै मानवताको लागि अपराध हो भनी ग्ल्भ्क्ऋइ का निर्देशकको अभिमतले वास्तविकतालाई प्रतिविम्वित गर्दछ ।

About discovery4p

Check Also

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ …

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *