Tuesday , February 19 2019

जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै

दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ ।

दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ जसअनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ ।

राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु टाउकोमा कपाल राख्दैनन् । अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउादैनन् ।

जिवनमा उत्कृष्ट जिवनसाथी प्राप्त गर्ने अभिलाषाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन् । बाहिरी दुनियाबाट अलग यो आदिवासी समुदाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिसहरुको हस्तक्षेप स्विकार गर्दैनन् । एजेन्सी

About discovery4p

Check Also

एक्काइशौं शताब्दीमा पनि घन्किदैछ धिमे बाजा

धिमे परम्परागत रुपमा पुरुषहरुलाई मात्र सिकाइँदै आएपनि हाल  महिला वर्ग पनि यसमा सरिक हुन थालेका छन् …

सुख दुःखको के कुरा गर्नु ‘जंक्व’ नै भएन

जंक्व किन नभएको त ? प्रश्न खस्न नपाउँदै चाउरी परेको अनुहार अझ खुम्चाउँदै र हात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *