Friday , July 19 2019

काठमाडौं उपत्यका

काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा साहित्त्यिक स्रोहरुमा उल्लेख छ । वैज्ञानिक अन्वेषणबाट यो कुराको पुष्टि भयो पनि । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । नेपालको राजधानी यही उपत्यकामा पर्दछ ।

त्यसो त करीव अढाइ हजार वर्ष अघिदेखि नै यहाँ वस्ती विकास भइसकेको ऐतिहासिक स्रोत सामग्री उपलब्ध छन् । त्यही बेलादेखिको सामाजिक तथा सांस्कृतिक जनजीवन वर्तमानमा पनि जीवन्त रहेको पाइनु कम्ती चाललाग्दो कुरा होइन । इतिहासको त्यो प्रवाहलाई यस उपत्यकाका आदिवासी नेवार समुदायले थाम्दै आइरहेको छ । हजारौं वर्षअघिको सभ्यतालार्इ जोगाउँदै अत्याधुनिक सभ्यतालाई पनि आत्मसात गर्दे प्रतिस्पर्धात्मक विश्वमा छुट्टै पहिचान बनाइराख्न सक्नु अर्को चाललाग्लाग्दो कुरा भएको छ ।

यस उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । विभिन्न दिशाका पहाडहरु कुनै न कुनै मिथकसँग समवन्धित छन् र निश्चित दिनहरुमा त्यहाँ नेवारहरु मेला भर्न जाने गर्दछन् । अन्य समुदायका लागि पनि यी स्थानहरु पर्यटकीय स्थल भएको छ ।

फोटो/शब्द : बसन्त महर्जन

About discovery4p

Leave a Reply

Your email address will not be published. Required fields are marked *