Tuesday , June 25 2019

लुम्बिनी र फाहियान

फाहियानले त्यहाँ केही श्रमण भिक्षुहरू पनि देखे । यहाँ उनले सेता हात्तीका रुपमा बोधिसत्व मायादेवीको गर्भमा प्रवेश गरेको दृष्य चित्रित एउटा मूर्ति पनि देखेका थिए । यसरी नै बुद्धसँग सम्बन्धित हरेक घटनाको सम्झनामा सोही स्थानहरूमा बनाइएका स्तूपहरूको पनि दर्शन गरेका थिए । यस नगरबाट ५० ली (१ ली बराबर ५६० मिटर) पूर्वस्थित एक उद्यान थियो । यो त्यही उद्यान हो जहाँ ई.पू. ५६३ मा गौतम बुद्धको जन्म भएको थियो र लुम्बिनी नाउँले अहिले संसार प्रसिद्ध छ ।

  • बसन्त महर्जन

लुम्बिनीलगायत भारतका थुप्रै बौद्ध सम्पदास्थलहरूका सम्बन्धमा चर्चा गर्दा हामी प्रायः चिनियाँ यात्रीद्वय फाहियान (ई.सं. ३३७–४२२) र ह्वनेसाङ (ई.सं. ५९६ वा ६०२–६६४) को बरोबर उल्लेख गछौं । बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण, धर्म दर्शनको अध्ययन तथा सम्बन्धित ग्रन्थहरूको संकलनका लागि यिनीहरु यस क्षेत्रको भ्रमणमा आएका थिए र त्यति बेला लेखिएका विवरणहरु नै अहिले ऐतिहासिक महत्वको बनेको हो । फाहियान चीनका एक बौद्ध भिक्षु हुन् । उनी ई.सं. ३९९ मा आफ्नो देश चीनबाट भारततिर हिडेका थिए । उनको यात्रा वृत्तान्त धेरै दृष्टिले महत्वपूर्ण रहेको छ । लुम्बिनीमा फाहियानको भ्रमण ई.संं ४०३ तिर भएको देखिन्छ । यिनी श्रावस्ती नगरबाट आग्नेय दिशाको  ५० ली (१२ योजन) को दूरीमा ‘ना–पि–का’ नाउँको गाउँमा पुगे । यसै गाउँमा क्रकुच्छन्द बुद्धको जन्म, पिता–पुत्रको दर्शन र महापरिनिर्वाण भएको थियो र यिनै कुराहरूको सम्झनाका लागि एउटा स्तूप निर्माण गरिएको थियो । यस स्थलले हाल गोटिहवाको नाम पाएको छ । यहाँबाट उत्तर दिशातर्फ एक योजन नुपग्दै अर्को गाउँ आउँछ जहाँ कनकमुनि बुद्धको जन्म भएको थियो । हाल यस स्थलको नाम निग्लिहवा नामले चिनिन्छ ।

कनकमुनि बुद्धको जन्मस्थलबाट एक योजनभन्दा कम दूरीमा हिडेपछि कपिलवस्तु नगरमा प्रवेश गर्दछन् । यति बेला यो नगर उजाड उजाड र उराठ लाग्दो भइसकेको थियो । बुद्धको जीवनकालमै यो नगर कोशलराजको आक्रमणमा परी पतन सुरु भइसकेको थियो । यति बेलासम्ममा त्यहाँ दश घरबाहेक अरु भग्नावशेषहरू मात्रै बाँकी रहेको थियो । फाहियानले त्यहाँ केही श्रमण भिक्षुहरू पनि देखे । यहाँ उनले सेता हात्तीका रुपमा बोधिसत्व मायादेवीको गर्भमा प्रवेश गरेको दृष्य चित्रित एउटा मूर्ति पनि देखेका थिए । यसरी नै बुद्धसँग सम्बन्धित हरेक घटनाको सम्झनामा सोही स्थानहरूमा बनाइएका स्तूपहरूको पनि दर्शन गरेका थिए । यस नगरबाट ५० ली (१ ली बराबर ५६० मिटर) पूर्वस्थित एक उद्यान थियो । यो त्यही उद्यान हो जहाँ ई.पू. ५६३ मा गौतम बुद्धको जन्म भएको थियो र लुम्बिनी नाउँले अहिले संसार प्रसिद्ध छ । लुम्बिनीको वर्णन उनले यसरी गरेका छन्– ‘कपिलवस्तु नगरबाट ५० ली पूर्वमा एउटा बगैंचा छ । बगैंचाको नाम लुम्बिनी हो । त्यहा“ महारानीले एउटा कुण्डमा नुहाएकी थिइन् । त्यसपछि उक्त कुण्डबाट उत्तर कुना भएर माथि उत्रिन् । २० पाइला जति पर उनले आफ्नो हात उठाएर एउटा वृक्षको हा“गा पूर्व दिशा फर्केर समाइन् । यसपछि कुमारलाई जन्म दिइन् । कुमारले पृथ्वी स्पर्श गरी सात पाइला हिंडे । दुईजना नागराजाहरूले कुमारलाई नुहाइदिए । नुहाइदिएको स्थलमा इनार बनाइयो । स्नान गराइएको स्थल इनारमा अद्यावधि श्रमणहरूले पानी लिने गरिरहेका छन् । पानी पिउने गरेका छन् ।’

लुम्बिनीबाट तीन योजन पूर्व हिडेपछि राम नाउँको एउटा जनपद आउ“छ । यो जनपद त्यतिबेला देवदहका नामले पनि चिनिन्थ्यो । बुद्धको महापरिनिर्वाणपछि अस्थिधातु विभाजन गर्दा देवदहका कोलियहरूले पनि एक भाग पाएका थिए । यही अस्थिधातु निदान गरी यहाँ एउटा ठूलो स्तूपको निर्माण गरिएको थियो । यस स्तूपलाई रामस्तूप भनिन्थ्यो भने हाल रामग्राम स्तूपका नाउ“ले प्रसिद्ध रहेको छ । फाहियानले त्यहाँ एक भिक्षु पनि देखे । यी दुई भिक्षुबीच के के कुराकानी भयो, सो कुरा उल्लेख छैन तर तिनका बारेमा वर्णन गरिएको छ । एक पल्ट ती गृहस्थ छँदै रामग्राम स्तूपको दर्शनका लागि आएका थिए । स्तूप ज्यादै उपेक्षित अवस्थामा उनले पाए । त्यहाँ पूजा गर्न आउनेहरू पनि थोरै मात्र हुँदा रहेछन् । तर त्यहाँ हात्तीहरूको समूह थियो । हात्तीहरू डर लाग्दा थिए । उनी ती हात्ती देखेर डराएर झाङमा लुकेर पनि बसे । तर हात्तीहरू सुँडमा नजिकैको पोखरीबाट पानी भरेर ल्याउँथे र स्तूपमा सफा गर्ने गरेको देखे । यसबाट प्रभावित भई स्तूपको हेरचाह गर्न आफै भिक्षु बने । त्यसपछि उनी त्यस जनपदका राजालाई उपदेश दिई प्रभावित पारेर विहार निर्माणार्थ सहयोग पाप्त गरे । यसरी निर्माण भएको उक्त विहारको प्रमखु उनी आफै बने ।

त्यसपछि रामग्राम स्तूपबाट उनी पूर्वतिर लागे । तीन योजनपूर्व हिडेपछि उनले त्यहाँ एउटा स्तूप देखे । त्यो स्तूप सिद्धार्थ गौतमले आफ्नो सारथी छन्दक र घोडा कन्थकलाई फिर्ता पठाएको ठाउँको संस्मरणार्थ बनाइएको थियो ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास …

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

बसन्त महर्जन नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *