Friday , July 19 2019

घान्द्रूकको घुमाइ

यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।

  • बसन्त महर्जन  

कहिले काहीँको घुमफिर यस्तो पनि हुनसक्छ– घुमफिर त गर्ने तर गन्तव्यको निक्र्यौल नै नहुने । यस्तै अनिर्णित अवस्थामा घरबाट निस्केर विहानै कलंकी चोक पुग्यौं । छोरा, श्रीमति र आफूसहितको एउटा सानो यात्रादल बनाएर । निर्यौल गर्न नसके पनि गोरखा जाने कुरा प्राथमिकतामा परेको महसूस त तीनै जनालाई भएको थियो । तर गोरखाको गाडि बसपार्कबार्ट भरिएर आउँने, चढ्न उतै जानु पर्ने भन्ने कुरा सुनेपछि हामीलाई बसपार्क पुग्ने झञ्जट गर्न मन लागेन । गोरखा जान नसकिने भएपछि अर्को निर्णय गर्नु थियो, तर गर्न गा¥हो भइरहेको थियो । जीवनमा थुप्रै यात्रा गरियो तर यस्तो अनिर्णित यात्रा त पहिलो चोटी नै भयो । केही दिनको लागि कहीँ त जाने जाने, तर कहाँ जाने ? गन्तव्य चयन गर्न नसक्दा तीनै जनामा अनौंठो खालको हाँसो थियो । यसो हुनाको खास कारण हो, ती सबै गन्तव्यहरु हाम्रो लागि खास नयाँ थिएन ।

मनमा आयो, भलै ती ठाउँहरु नयाँ होइनन् तर तीनै जना एकै समयमा यसरी त यात्रा गरेका थिएनौं नि । यही नयाँ सोच भनौं वा तर्कले काम ग¥यो । उत्तिखेर अगाडी रोकिराखेको गाडीभित्र पस्यौं, गाडी पोखरा जाने रहेछ । पोखरा जाँदै बाटोमा कुरा भयो, घान्दू्रक पनि जाने । पृथ्वीचोकमा झरेपछि थाहा भयो, हरिचोकबाट घान्द्रूक जाने जीप लाग्छ, आज नै पु¥याइ दिन्छ । पोखराबाट नयाँपुलसम्म गाडी र नयाँपुलबाट वीरेठाँटी हुँदै दिनभर लगाएर हिडेको मात्रै थाहा थियो । काठमाडौंबाट एकै दिनमा घान्द्रूक पुग्ने कुरा थाहा थिएन । कुरा थाहा पाएरै पनि रमाइलो भयो । बल्ल गन्तव्य तय भयो, घान्दूक नै पुग्ने । घान्दू्रकबाट फर्केर मात्रै पोखरा घुम्ने । हरिचोक पुगेर केही बेर पख्र्यौं र त्यतैतिर गयौं ।
यात्रामा भेटिने सहयात्रीहरु पनि थरी थरीका हुन्छन् । सहयात्रीहरुबाटै पनि यात्रा रमाइलो हुन्छन्

कहिलेकाहीँ । जीपमा त थुप्रै मान्छे चढेका छन् तर थोरै सँगमात्र कुराकानी भयो । यही क्रममा थाहा भयो, हामी घान्दू्रक पुग्ने बेलासम्ममा त सबै होटेलहरु प्याक भइसक्छन्, समस्या पर्नसक्छ । नयाँ वर्षको अवसर पारेर हामी यात्रामा निस्केका, हामी मात्र कहाँ हो र, अरु पनि त्यस्तै गरी निस्केका हुन्छन् । होटेलहरु प्याक हुनु स्वाभाविक हो । एक जना सहयात्रीले सोध्यो– होम स्टेमा बस्नु हुन्छ ? यस्तोमा होम स्टे मात्रै के खाली होलान् र ? तर पनि हुन्छ भनें । मोबाइल सेल झिक्यो र गाडी भित्रैबाट फोन हान्यो । कोठा खाली भए नभएको बुझ्यो । त्यो घरमा कोही आइनसकेको रहेछ । हाम्रो लागि भनेर एउटा कोठा रिजर्भ गर्न भन्यौ । ढुक्क भयौ । जीप रोक्दासम्ममा साँझ परेको थियो, पुग्दा झपक्कै अँध्यारो भइसकेको थियो । काठमाडौं बस्ने ती युवक पनि उही होमस्टेमा बस्ने रहेछन् । घान्द्रुकमा सोलार इनर्जीको क्षेत्रमा काम गर्ने तीसहित हामी चारै जना त्यतातर्फ लाग्यौं ।

घान्द्रूकको मुहार धेरै नै फेरिसकेको रहेछ । बाग्लुङबाट काठमाडौं फर्कदै गर्दा बीच बाटौमा नै गाडीबाट झरेर घान्द्रूक लागेको थिएँ, करीब दुई दशकअघि । उहिल्यै कंक्रिटका होटेलहरु ठडिन सुरु भइसकेको थियो भने अहिले त झपक्कै ढाकिसकेका रहेछन् । मान्छे बस्ने ढुंगै ढुंगाले बनेका साना साना घरहरु भने छन् । हामी होमस्टे बसेको त्यो यस्तै ढुंगाले बनेको हो । होमस्टेमा एउटी महिला मात्रै रहिछिन् । अँगेना छेउमै बसेर पनि कुरा ग¥यौं । यस्तरी कुराकानी भयो, मानौं हामी नातागोताकै थियौं र धेरै वर्षपछि पाहुना लाग्न आएका हौं ।

बाहिर यताउताबाट नानाथरीका आवाज आइरहेको थियो । विशेष दिनमा विशेष रमाइलो गर्न आएकाहरु न परे । एउटी छिमेकी महिला हुत्तिदै आइन् र हाँस्दै भनिन्– ‘‘माथि होटेलमा ठुल्ठुला स्वरमा गीत बजाएर होहल्ला गर्दै नाचिरहेकाहरु त सबै बहिराहरु पो रहेछन् त ।’’
राति निकै अबेरसम्म माथि होटेलमा बसेका बहिराहरुको होहल्ला र नाचगान चलिरह्यो ।

000
विहान भाले बास्न नै पाएको थिएन, निद्रा खुल्यो । विहानै सम्झेको कुरा हो, धौलागिरी हिमाल हेर्नुपर्छ । तर उज्यालो हुँदासम्म पनि बादल लागेका कारण हिस्स पर्नुप¥यो । विहानको प्रथम किरणमा मोतीजस्तै टल्किने त्यो हिमाल देखाउने रहर थियो तर रहरै रह्यो । नित्यकर्म सकाएर तात्तातो चिया खायौं र घुम्न निस्क्यौं ।

हामी बसेको घर ढुगैढुंगाले बनाएको दुई तल्लाको । वरिपरि सिमेन्टेड र तीन तल्लासम्मका । विहानको चिचिलो हावाले पनि साथ दिइरहेको थियो । घुम्दैफिर्दै हामी पूर्वतिर लाग्यौं । अलि ओरालो झरेर अलि पर गइसकेपछि गुजमुच्च परेका घरहरु देखियो, गुरुङ वस्तीको नमूना नै भन्दा हुन्छ यस्तोलाई । यो दृष्य देखेर श्रीमति आल्हादित हुँदै चिच्याइन् नै । गुरुङ वस्तीमा यस्तो दृष्य मेरो लागि नौलो होइन । तर कसो कसो श्रीमतिसँगै म पनि त्यो दृष्यमा रमाउन पुगें । छोरा पनि रमायो । त्यहाँ अहिल्यै नैं पुगुँजस्तो लागेको थियो । तर विस्तारै पुग्यौं ।

घान्दू्रकको त्यो चित्ताकर्षक वस्तीमा भोजभतेर केही हुँदै रहेछ । घुम्यौं, अलमलिएनौं । त्यसलाई छाडेर हामी अलि माथितिर लाग्यौं र पुनः पूर्वतिर सोझियौं । हेर्नेवर्ने केही छ वा छैन, केही जानकारी भएन । एकान्त थियो । कसैलाई सोधुँ भनेर चारैतिर आँखा दौडाएँ । कसैलाई देखिनँ । ठाउँ यस्तो लाग्यो, यहाँ पर्यटन उद्योगको पाइला पुगेकै छैन । केही छ कि भनेर खोज्नलाई नै आफू एक्दै हत्तारिँदै अगाडि दौडिएँ र पँधेरामा एउटी महिलालाई देखें । सोधें । माथितिर हातले देखाएर त्यहाँ चिया बगान रहेको कुरा बताइन् । फर्कें र श्रीमतिलाई चिया बगान रहेको बताएँ । इलाम र दार्जिलिङको चिया बगानमा निकै नै रमाइसकेकी उनलाई उतैको सम्झ्नाले छोप्यो होला, जाउँ जाउँ भन्न थालिन् । तिनै जना त्यता तर्फ लाग्यौं ।

सिमेन्टका ठाडा खुड्किलाहरु उक्लेर गएपछि साँच्चै चियावारी आइपुग्यो । चिया बगान हुने ठाउँहरुमा त पुगिसकेको हो तर चिया बनागमा नै भने म गएको थिइन । चिया बगान त मलाई खासै लागेन तर श्रीमति रमाएर फोटो खिचाउँदै गर्दा भने यसै यसै रमाइलो लाग्न थाल्यो । त्यहाँभन्दा माथि श्री ब्रेज मेश्रम् बराह थान मन्दिर रहेछ । यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।

फर्कदा सानो बाटो, तलबाट भारी बोकेका खच्चरहरु उक्लिरहेको थियो । खच्चरलाई बाटो दिन आफूहरु यताउता लाग्नु परेको छोरालाई नौलो र रमाइलो लागेछ । चिसो चिसो मौसम थियो, न्यानो न्यानो घाम । फर्केर आयौं । खाना खायौं र पोखरालाई गन्तव्य बनाएर झ¥यौं ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न …

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *