नेपालको पहाडी क्षेत्रमा रहेका हिन्दू महिला माझ तीज पर्व लोकप्रिय छ । लोकप्रियताको विकास क्रममा अहिले यो पहाडी क्षेत्रमा मात्रै सीमित नभई अन्यत्र भूभागमा पनि फैलिन थालेको छ र राष्ट्रिय पर्व नै पनि भन्न थालिएको छ । मुख्यतः महिलासँग यो पर्व सम्वन्धित भएपनि अचेल पुरुषहरु माझ पनि यो पर्व लोकप्रिय बनेको छ । तर पुरुषहरुका लागि यो पर्व व्रतका लागि नभएर व्रत बस्ने महिला हेर्ने र ती महिलाहरुसँगको नाचगानमा लहसिनेमा नै सीमित रहेको पाइन्छ
तस्वीर/आलेख : बसन्त महर्जन