Tuesday , October 15 2019
काठमाडौं उपत्यकाको उत्तर-पश्चिमस्थित प्राचीन व्यापारिक मार्ग रहेको रामकोटको नेवार वस्ती । स्थानीय नेवार समुदायमा 'फस्कु' नामबाट व्यवहारित यो वस्ती १२ वैशाख २०७२ सालको भूकम्पमा प्रायः नष्ट भएको छ र तस्वीरमा देखिएको दृष्य पुनःनिर्माणपछि पनि देख्न पाइन्छ भनेर धुक्क हुनसक्ने अवस्था छैन

नेवार बस्ती

नेवार सभ्यताका थुप्रै पहिचानमध्ये नेवार वास्तुसंरचना वा नेवार बस्ती पनि एक हो । तर अपशोचको कुरा, केही अन्य पहिचानजस्तै यो पनि मासिंदो छ । मानव विकासको क्रममा विकसित विभिन्न समाज वा समुदाय तथा तिनका उपलब्धीहरु वा निश्चित पहिचानलाई सभ्यता भन्ने गरिन्छ । आकारमा सानो नै सही तर नेवार सभ्यता पनि एउटा हो ।

हजारौं वर्षभित्र विभिन्न कला, साहित्य, संस्कृति, संस्कार, नश्ल तथा भाषा, धर्म, दर्शनहरुको सम्मिश्रण भएर विकास भएको यो सभ्यतामा निरन्तर शासनसत्ता तथा विकासका गतिविधिहरु भइरहेको छ । वर्तमान नेपालको केन्द्रिय राजधानी रहेको काठमाडौं उपत्यका प्रारम्भदेखि नै नेपालको केन्द्र हो भने नेवार सभ्यताको मूल थलो पनि यही हो । यसको प्रामाणिक इतिहास अढाई हजार वर्ष पुरानो छ ।

इतिहासको उषाकालदेखि नै काठमाडौं उपत्यका समृद्ध शहरको रुपमा विकास भएको थियो । यस वरिपरिका कतिपय वस्ती, शहर तथा व्यापारिक केन्द्रहरु हाल इतिहासको अवशेषका रुपमा रहेका पनि छन् । कहीं नयाँ बाटो बन्ने क्रममा पुरानो वस्ती सुकेको पाइन्छ भने कहीं सदरमुकामको परिवर्तन सँगै ती वस्तीहरु सुकेका हुन्छन् । यस सभ्यताको विकास र विस्तार काठमाडौं उपत्यकाभन्दा पर परसम्म पनि फैलिएको पाइन्छ । यो सभ्यता जहाँ जसरी फैलिएपनि जहाँ जहाँ फैलियो त्यहाँ नगरको विकासमा यथेष्ट मात्रामा योगदान ग¥यो । तत्कालिक सहर वा वस्तीको स्वरुप कस्तो थियो भन्ने कुरा कौतुहलको विषय हुन सक्छ र ती स्वरुप अझै पनि देख्न पाइन्छ ।

तात्कालिक वस्ती, सहर तथा व्यापारिक केन्द्रहरुमा नेवार समुदायकै वर्चश्व थियो भन्ने दरिलो प्रमाण हो, अवशेषको रुपमा रहेका वास्तु कला तथा साँस्कृतिक अवयवहरु नेवार सभ्यतासँग सम्वन्धित पाइनु । फराकिला बाटोको दायँबायाँ दुईदेखि चार तल्लासम्मका पक्की घरहरु लहरै मिलाएर बनाइनु, त्यस्तै प्रत्येक टोलमा गणेशको स्थापना र केही शुभकार्य गणेशकै पूजाबाट थालिनु तर घरबाट निस्कँदा नै भेलुद्यः भनेर प्रत्येक घर अगाडि हुने पिखालखुमा पूजा गरिनु आदि नेवार सभ्यताको मूर्त तथा अमूर्त सम्पदा हुन् ।प्रायः वस्तीमा पानीको स्रोतका रुपमा कलात्मक ढुंगेधाराहरु, बौद्ध तथा हिन्दू पूजास्थलहरुले दृष्यलाई नै जीवन्तता दिएको हुन्छ ।

त्यहाँ अझै पनि इतिहास कुरेर बसिरहे झै अझै पनि नेवार समाज नै विद्यमान छन् । त्यहाँ केही सय वर्षअघिसम्मको नेवार वातावरण हेर्न अझै पनि पाइन्छन् र खुल्ला संग्रहालयका रुपमा देख्न पाइन्छन् ।

फोटो/शब्द :  बसन्त महर्जन

खोकना

पाल्पाको एउटा पुरानो वस्ती

प्राचीन नेवार वस्ती खोकनाको एक अवयव

काठमाडौं उपत्यकाको दक्षिण दिशामा रहेको प्रसिद्ध खोकना वस्तीमा घरअगाडि बाटो छेउमा घामताप्दै छरछिमकीसँग भलाकुसारी गर्दै गरेका नेवारहरु

काठमाडौं उपत्यकाको उत्तर-पश्चिमस्थित प्राचीन व्यापारिक मार्ग रहेको रामकोटको नेवार वस्ती

About discovery4p

Leave a Reply

Your email address will not be published. Required fields are marked *