Friday , July 19 2019

भेटियो १३ हजार वर्ष पुरानो बियर

इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अनुसन्धानकर्ताहरुको टोलीले १३ हजार वर्ष पुरानो बियर भेटेको छ । इजरायलको नातुफियन चिहान छेउमा रहेको ‘रेजफेट’ गुफामा यो बियर फेला परेको थियो । यस अघि यति पुरानो बियर भेटिएको थिएन ।

स्ट्यान्डफोर्ड र हाइफा विश्वविद्यालयका विज्ञहरू यस अनुसन्धानमा खटिएका थिए । स्ट्यान्डफोर्डका प्रोफेसर ली लियु भन्छन्, ‘मान्छेले बनाएको विश्वकै पुरानो बियर पत्ता लागेको छ ।’

अनुसन्धानका क्रममा गहुँ र जौबाट उक्त बियर बनाइएको संकेतहरू पाइयो । यो अन्वेषणले बियरको इतिहास पाँच हजार वर्ष पुरानो छ भन्ने तथ्यलाई खण्डन गर्नुका साथै बियर रोटीको सहायक उत्पादन हैन रहेछ भन्ने प्रमाणित भएको छ ।

‘जर्नल अफ आर्कियोलोजिकल साइन्स’का अनुसार मान्छेको मृत्यु हुँदा चढाउनलाई बियर बनाइयो ।

‘यो डिस्कोभरीले के संकेत गर्छ भने अल्कोहल कृषिजन्य वस्तुको ‘बाँकी’ उत्पादन होइन । बरु यो त रीतिरिवाज र आध्यात्मिक क्रियाकलापका लागि उत्पादन गरिएको रहेछ,’ प्रोफेसर ली लियु भन्छन् । यो अनुसन्धान ‘जर्नल अफ आइर्कियोलोजिकल साइन्स’ मा प्रकाशित गरिएको छ ।

About discovery4p

Check Also

चीनको आकासमा नक्कली चन्द्रमा

एक चिनियाँ कम्पनीले रातको आकाश उज्यालो पार्न चीनको आकाशमा एउटा ‘फेक मुन’ अर्थात् नक्कली चन्द्रमा …

नेपालमा भदौ १ देखि नयाँ कानून

छरिएर रहेका ऐनलाई एकीकृत गरी संहिता तयार पारिएको एक वर्ष भइसकेको थियो । ऐन कार्यान्वयनका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *