Tuesday , February 19 2019

नेपालको स्विट्जरल्यान्ड, दोलखाको जिरी

राजधानी काठमाडौंबाट नजिकै रहेको दोलखाको जिरी नेपालको स्विट्जरल्यान्ड भनेर चिनिन्छ । हावापानी चिसोचिसो र हरियोपरियो वातावरणका कारण नेपालको स्विट्जरल्यान्ड उपनाम सुहाउँदो पनि लाग्छ । स्वीस सहयोगले यहाँसम्म पुग्ने बाटो मात्रै बनेको छैन, शिक्षा तथा समाजमा पनि व्यापक परिवर्तन आएको छ ।

काठमाडौंबाट यहाँ सिन्धुपाल्चोक, दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुग्न सकिन्छ । यहाँ आफ्नो निजी सवारीबाट पनि सजिलै पुग्न सकिन्छ । राजधानीबाट करिब २ सय किलोमिटर टाढा रहेको जिरी पुगेपछि बेग्लै अनुभूति हुन्छ । कुनै बेला विश्वको सर्वोच्च शिखर सगरमाथा जान जिरी बजार भएर जानु पर्दथ्यो अर्थात् जिरी नै प्रवेशद्वारको रुपमा थियो । तर अहिले सोलुखुम्बुको नाम्चे, लुक्ला र स्याङबोचेमा विमानस्थल बनेपछि केही मात्रामा जिरी बजार सुस्ताएको छ । यसो हुँदाहुँदै पनि सगरमाथा जानका लागि पैदलयात्रीहरू अझै पनि यही बाटो भएर आवतजावत गर्ने गरेको पाइन्छ । जिरीको पुरानो रौनक फर्काउने योजनामा छन्, यहाँका विकासप्रेमीहरु । यो क्षेत्र विशेषगरी चिया, लोक्तालगायत हिमाली जडीबुटीका रूपले पनि निकै प्रख्यात छ । स्वीस सरकारद्वारा स्थापित र विकसित चीज फ्याक्ट्रीबाट उत्पादित चीज उच्च गुणस्तरको मानिन्छ ।

जिरीको रैथानेहरु जिरेल नामबाट चिनिन्छन् । तिब्बतमा प्रचलित बौद्ध धर्म (बज्रयान)को निङ्गमा उपसम्प्रदायको अनुशरण गर्दछन्, जिरेलहरु । यही भएर जिरी बजारमा सबैले देखिने गरी ठुलो स्तुप र आचार्य पद्मसंभवको मूर्ति निर्माण गरिएको छ ।

About discovery4p

Check Also

नेपालमै छ तिब्बत पनि

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ। बसन्त …

भिस्वा स्तूपः वीरगंजलाई अवसर

लुम्बिनीबाट ‘बुद्धिस्ट सर्किट’ को यात्रा शुरू गरेर भारतका विभिन्न बौद्ध स्थलहरू घुमाई भिस्वा स्तूप दर्शनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *