Tuesday , November 12 2019

स्मार्ट सिटी होइन, अव ‘इको स्मार्ट सिटी’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्मार्ट सिटीमा ३० प्रतिशत खुल्ला ठाउँ हुन जरुरी छ तर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार ललितपुरमा मुश्किलले ४ प्रतिशत खुला ठाउँ बाँकी छ ।

  • अमिका राजथला

काठमाडौं, १४ कात्तिक
इको स्मार्ट सिटी भएको कोलम्बियाका एक मेयरको भनाईमा नगरवासीको सबैको घरमा गाडी हुनु शहर धनी हुनु होइन । धनी शहर त्यो हो जहाँ धनी मानिस पनि सार्वजनिक यातायातमा ह्रिड्छन् ।
यो भनाईलाई सापटी लिएर भन्नुपर्दा नेपाल उल्टो दिशामा हिंड्दैछ । घरघरमा यातायातको साधन बढ्दै छ, सार्वजनिक सवारी साधन ठूलो होइन, सानो सानो बढी भएकोले बाटोमा जाम गर्ने, बाटो ढाक्ने, प्रदुषण बढाउने मामिलामा यिनै सवारी साधन जिम्मेवार छन् ।

कुनै पनि क्षेत्रलाई राम्रो बनाउने भन्ने आशयमा हिजो आज व्यापक रुपमा प्रयोग हुनथालेको ‘स्मार्ट’ शव्द नगरको सन्दर्भमा पनि लागू हुन थालेको छ । ७६ वटै जिल्लाबाट दु्रतगतिमा ओइरिएको जनसंख्याका कारण वातावरणीय तथा पर्यावरणीय थुप्रै नोक्सान व्यहोरेको छ काठमाडौं उपत्यकाले । यो अवस्थामा काठमाडौंको पर्यावरणलाई बचाउनका लागि स्मार्ट मात्र होइन, इको स्मार्ट सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले राजधानीमा आयोजना गरेको इकोसिटी प्रवद्र्धनसम्वन्धी परामर्श कार्यक्रममा नगरपालिकाले काठमाडौं शहरलाई बचाउन पानी भण्डारण पोखरी, रिचार्ज पोखरी, पार्कहरु बनाउँदै पर्यावरण मैत्रीशहर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पुराना नगरहरु वैज्ञानिक तवरले बनेको र यसमा प्राकृतिक, आर्थिक र सामाजिक सामञ्जस्यता कायम भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नेमा पनि नगरपालिका प्रतिनिधिहरु सहमत भएका छन् ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्मार्ट इकोसिटीमा जोड दिंदै नयाँ शहर प्रकृति मैत्री हुनुपर्नेमा जोड दिए । शहर बनाउँदा धनीमानीलाई मात्र सोचेर नभइ गरिवका लागि सोचेर व्यवस्थित गर्नुपर्नेमा जोड दिंदै उनले शहर पर्यावरणमैत्री नभएकाले अहिले मुटु, प्रेसर, मधुमेहजस्तानसर्ने रोगको प्रकोप वढेको बताए । उनले भने– बिग्रदो वातावरणको प्रभावले नसर्ने रोगले बिरामी मर्ने संख्या बढ्दो छ, यो सोचनीय कुरा हो । विकासको नाममा स्थानीय जनताको घरमा बुल्डोजर लगाएर होइन वातावरणीय दृष्टिकोणबाट शहरको सम्पदा, प्राकृतिक स्रोतको सुरक्षा र संरक्षणका साथै आदिवासी समुदायलाई खलल नपार्ने गरी शहरको विकास गर्न जरुरी छ ।

शहर ठूला कंक्रिटको बनाउने कार्यलाई हतोत्साही पार्दै परम्परागत संस्कृतिको संरक्षण हुने हिसावले शहरको परिकल्पना गर्नुपर्ने कुरामा उनले नगर पालिकाका मेयर, उपमेयर र प्राविधिकहरुको ध्यानाकर्षण गरेका थिए । यसका साथै उनले औंल्याएका थिए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्मार्ट सिटीमा ३० प्रतिशत खुल्ला ठाउँ हुन जरुरी छ तर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार ललितपुरमा मुश्किलले ४ प्रतिशत खुला ठाउँ बाँकी छ । २० वर्ष जनप्रतिनिधी नहुँदा खुलाचौरहरु धेरै व्यक्तिले खाइ दिएको बताउँदै उनले इञ्जिनियरिङ्ग क्याम्पस र युएन क्षेत्रका पर्खाल भत्काइ उक्त दुवै क्षेत्रलाई पर्यावरणमैत्री र आम बटुवाले देख्न सक्ने बनाउने योजना रहेको जानकारी दिए ।

ललितपुरले साइकल ट्रयाक निर्माण गर्नका लागि ५० लाख छुट्याएको पनि स्पष्ट पारे ।

नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले इकोसिटीका लागि नेचर र कल्चरको सामञ्जस्यता आवश्यक रहेको बताए । उनले निजी कार र ठूलो भवन हुँदैमा शहर धनी नहुने र धनी शहर बनाउन सवै जनाले सार्वजनिक गाडी चढ्ने वातावरण बनाउनुपर्ने बताए ।

ललितपुरको विकास मात्रै भएर काठमाडौंको विकास नहुने बताउँदै समग्र काठमाडौं उपत्यकाको विकासका लागि साझा एजेण्डा र एउटै अठोट हुनुपर्नेमा उनले जोड दिए । बागमती सफाईको उदाहरण दिंदै उनले भने बागमती पूर्ण रुपमा स्वच्छ हुन काठमाडौंबाट बग्ने बागमती मात्र सफा गरेर हुन्न, ललितपुर र अन्त पनि सफा गरिनुपर्छ । साथै उनले नयाँ शहर बनाउँदा असन, इन्द्रचोक, पाटन जस्ता पुराना शहरलाई पनि ध्यान दिनुपर्ने बताए । नयाँ शहरमा फोहर व्यवस्थापनका लागि डम्पिङ साइट नभइ जेरो वेस्ट र वेस्ट प्रोसेसिङ्ग साइट हुने उनले जानकारी दिए ।

इकोसिटी ब्युल्डर, क्यालिफोर्नियाका कार्यकारी निर्देशकक्रिस्टन मिलरले काठमाडौंमा हिंड्न लायक वस्तीहरु धेरै भएको र यसको प्रवद्र्धन तथा सम्वद्र्धन गर्नुपर्नेमा ध्यानाकर्षण गराए । एउटा दीगो शहरका लागि स्थायित्व, अधिकार, सोच र नागरिक सहभागिता अपरहार्य रहेको उनको भनाइ थियो ।
इकोसिटी ब्युल्डरकै स्कट एलनले हरेक नगरपालिकासँग इकोसिटी स्ट्यान्डर्ड हुनुपर्नेमा बताए ।
इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्राडा. सुदर्शनराज तिवारीले काठमाडौं उपत्यकाका शहर परापूर्व कालदेखि नै दीगो शहरको रुपमा व्यवस्थित गरिएको र यहाँ खाद्य सुरक्षा हुनुका साथै प्रकृतिमैत्री रहेको दृष्टान्त दिए । अहिले कृषि योग्य जमीन मास्ने, जंगल मास्ने, पोखरी सिध्याइदिने, खोलामा रिटेनिङ्गवाल बनाएर शहर बनाइरहेकोमा उनले आपत्ति प्रकट गरे । पश्चिमबाट शहर बनाउने तरिका अन्धधुन्ध सिक्दा शहर विग्रेको बताउँदै उनले एउटा दीगो शहरमा पानी, जमीन, हावाको प्रदुषण हुन नहुने र जलवायु परिवर्तनको असर पर्न नहुने जानकारी दिए । नेवार संस्कृति, पर्यावरण, प्रकृति एक अर्कामा अन्योन्याश्रित रहेको र प्राचीन वस्ती सोहीअनुसार निर्माण भएकोमा पछिल्लो समय यो सम्बन्धलाई विकासको नाममा विगार्ने काम गर्दा भक्तपुरमा केही वर्षदेखि बाढीले समस्या निम्त्याउने थालेको उनले बताए ।

स्मार्ट इकोसिटी बनाउँदा पानी र खाद्य सुरक्षा हुने गरी योजना बनाउनुपर्ने धारणा राख्दै शहर हरियो, कुल, म्वाइस्ट, अरु जनावर पनि रहन सक्ने खालको हुनुपर्ने पं्राडा. तिवारीले बताए ।
विगतमा प्राकृतिक तवरमा पानीको व्यवस्थापन भएको काठमाडौं अहिले काला ट्याँकीले भरेकोमा उनले आश्चर्य व्यक्त गर्दै भने प्राकृतिक रुपमा जमिनमा संरक्षण गर्नु पर्ने पानी काला ट्यांकीले कति दिन संरक्षण गर्ला ?

About discovery4p

Check Also

भेटियो १३ हजार वर्ष पुरानो बियर

इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अनुसन्धानकर्ताहरुको टोलीले १३ हजार वर्ष पुरानो बियर भेटेको छ …

नेपालमा भदौ १ देखि नयाँ कानून

छरिएर रहेका ऐनलाई एकीकृत गरी संहिता तयार पारिएको एक वर्ष भइसकेको थियो । ऐन कार्यान्वयनका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *