Sunday , September 22 2019

बुढानीलकण्ठ मूर्तिका निर्माता ?

तर यो मूर्तिको निर्मातालाई पहिचान गराउने कुनै अभिलेख पाइएको छैन । यही मूर्तिको संकेत गर्ने दुई अभिलेख र गोपालराज वंशावलीको विवरणले एक थोक बताइरहेको छ भने अर्को विवरणमा वृषदेवभन्दा अघिको समयदेखिएकोले यसको निर्माताको सम्वन्धमा निक्र्यौल गर्न गा¥हो भएको हो ।

– बसन्त महर्जन

विष्णुका जलशयन मूर्तिहरु काठमाडौंमा यत्रतत्र देख्न पाइन्छन् । तर सिंगो प्रस्तरमा विशाल मूर्ति बनाइएका उदाहरणहरु भने थोरै छन् । बूढानीलकण्ठस्थित जलशयन विष्णुमूर्ति काठमाडौंमा जनमानसमा संभवतः सवैभन्दा बढी परिचित मूर्ति हो । यहा“ दर्शनार्थीहरुको भीड दिनहु“ लागिरहन्छ । कालो बलियो ढुङ्गामा कु“दिएको यो मूर्तिको लम्वाई २० फिट ११ इन्च, चौडाई १२ फिट १.५ इन्च र गोलाइ ६ फिट रहेको छ । यस्तै ठूला मूर्तिहरुमा हनुमानढोका दरवारभित्र, बालाजु उद्यानभित्र रहेका छन् । तर बूढानीलकण्ठको जलशयन विष्णुमूर्तिका निर्माताका सम्वन्धमा इतिहासविद् र जनमानसमा फरक मत रहेको पाइन्छ ।
वंशावलीअनुसार राजा वृषदेवको समयमा भूकम्पले गर्दा शतरुद्र पहाड खसी विष्णुको यो जलशयन मूर्ति पुरिएको थियो । पछि त्यसमाथि बगैंचा बनाएको र वृृषदेवकै पनाती धर्मागतदेव (धर्मदेव) को समयमा उक्त जलशयन नारायणको मूर्तिलाई माटो पन्छाई बाहिर निकालिएको थियो । यसरी नै पुनः मूर्ति पुरिन गएको र धर्मदेवभन्दा दशौं पुस्तापछिका राजा विष्णुगुप्तबाट यो मूर्ति बाहिर निकाल्ने काम भयो भनेर सोही वंशावलीमा लेखिएको छ । वंशावलीमा जेजस्तो लेखिएको भएपनि जनमानस उक्त विशाल मूर्ति कसैले बनाएको नभई कुनै एउटा किसानले खेत खन्दै गर्दा दैवी शक्तिले भेटिएको मान्दछन् ।

वंशावलीले मूर्तिको निर्माताको श्रेय कसैलाई नदिएपनि त्यसअनुसार राजा वृषदेवको समयभन्दा अगाडि नै यसको निर्माण गरिएको संकेत गर्दछ । यी प्रसिद्ध राजा मानदेव प्रथमका जिजुबाजे हुन् भन्ने कुरा मानदेवकै चा“गुनारायण मन्दिरस्थित स्तभाभिलेख र जयदेव द्वितीयको पशुपतिस्थित अभिलेखबाट थाहा पाइन्छ । मानदेव वा मानदेवअघि नै सुन्दर प्रस्तर मूर्तिहरु बन्न थालिसकेको अन्य मूर्तिहरुको कालनिर्धारणबाट थाहा पाइन्छ । मूर्तिहरुमा अभिलेख कु“द्ने प्रचलन पनि शुरु भइसकेको थियो । तर यो मूर्तिको निर्मातालाई पहिचान गराउने कुनै अभिलेख पाइएको छैन । यही मूर्तिको संकेत गर्ने दुई अभिलेख र गोपालराज वंशावलीको विवरणले एक थोक बताइरहेको छ भने अर्को विवरणमा वृषदेवभन्दा अघिको समयदेखिएकोले यसको निर्माताको सम्वन्धमा निक्र्यौल गर्न गा¥हो भएको हो ।

मूर्ति निर्माताका बारेमा चर्चा गर्नुअघि त्यससम्वन्धि पाइएको अभिलेखका आधारमा केही विचार गर्नु पर्ने देखिन्छ । बूढानीलकण्ठस्थित विष्णुमूर्तिको अगाडि आ“गनमा रहेको राजा शिवदेव प्रथमको एक अभिलेखमा ‘नरसिंहोभयपाञ्चाली’ भन्ने उल्लेख भएबाट उक्त क्षेत्रमा त्यसै बेला नै वैष्णव मतको प्रचलन भइसकेको अनुमान हुन्छ । यसरी नै अंशुवर्माको सम्वत् ३२ अंकित हा“डीगाउ“ थटोलको डबलीमा रहेको प्रसिद्ध अभिलेखमा ‘भुम्भुक्किकाजलशयन’ देवताको पनि उल्लेख भएको छ । बूढानीलकण्ठलाई नेपालभाषामा ‘भुयुजःसि नारायण’ भन्ने गरिएबाट ‘भुम्भुक्किकाजलशयन’को अपभ्रंश नै ‘भुयुजःसि’ भएको अनुमान गरी बुढानीलकण्ठ मूर्ति अंशुवर्माभन्दा अगाडि नैे भएको मान्यता राख्नेहरु पनि नभएका होइनन् । तर ‘भुम्भुक्किका’को विकास वा अपभ्रंश नेपालभाषामा ‘भुयु’ वा ‘भुइ’ भएर आउने कुरामा शंका नै छ । यस्तो हुनु नेपालभाषाको स्वभाव होइन र त्यस्तो भएको छैन पनि । त्यसो भए यसलाई नेपालभाषामा ‘भुयुजःसि’ वा ‘भुइजःसि’ किन भनियो र यो कुन शब्दको अपभ्रंश होे भन्ने सन्दर्भमा इतिहासकार धनबज्र बज्राचार्यले केही यस्ता ऐतिहासिक लिखतहरु पेश गरेका छन् जसबाट यस प्रश्नको जवाफ पाइन्छ । नारायणस्थानभित्र पर्खालमा टा“सिराखेको एक शिलालेखमा ‘‘श्रीश्रीश्रीभोयुवजरसेन नार्नजुस … … … श्री ३ शिवलिङ्गस्थापना याङ’ उल्लेख छ जसको अर्थ हुन्छ– ‘‘श्री ३ भोयुवजलसेन नारायणस्थानमा … … … श्री ३ शिवलिङ्ग स्थापना गरियो ।’’

यसरी नै तात्कालिक थ्यासफूमा ‘‘सम्वत ७९८ कार्तिक शुक्ल ।। त्रयोदशी रेवतीनक्षत्र आदित्यवार थ्व कुन्हु भोयुजलसेनस श्रीश्रीनृपेन्द्रदेवप्रभु थाकलस माम इन्द्रमती राणीन फले प्रतिष्ठा याङा दिन ।।’ लेखिएको छ जसको अर्थ हुन्छ– ‘ने.सं. ७९८ वि.सं. १४७३ कार्तिक शुक्ल त्रयोदशी आदित्यवार रेवती नक्षत्र, यस दिन भोजुजलसेनमा श्रीश्रीनृपेन्द्रमल्लदेव प्रभु ठाकुरकी आमा इन्द्रमती रानीले पाटीको प्रतिष्ठा गर्नुभयो ।’

यसरी नै ऐतिहासिक घटनावलीमा ‘‘सम्वत ८३५ वैशाष … … श्री ३ भोयुनलसेनस अनेग थास दुदुधारा चासेचोङ’’ लेखिएको छ जसको अर्थ हुन्छ– ने.सं.८३५ वैशाखमा … … श्री ३ भोयुजलसेनमा अनेक ठाउ“मा दूधको धारा बगिर≈यो ।
यी उदाहरणहरुमा बूढानीलकण्ठ नारायणलाई ‘भोयु’ र ‘भोयुव’ शब्द प्रयुक्त गरिएको देखिन्छ । धनबज्रका अनुसार भोयु र भोयुव शब्दको अर्थ सेता, स्वच्छ भन्ने हुन्छ र यसैको अपभ्रंश भुयु भएको हो, ‘भुम्भुक्किका’ को अपभ्रंश होइन । ‘भुम्भुक्किकाजलशयन’ मूर्ति कहीं अन्तै हुनु पर्छ जुन अलग्गै विषय हो ।

बूढानीलकण्ठको मूर्तिस“ग सम्वन्ध राख्ने भीमार्जुनदेव र विष्णुगुप्तको दुई वटा अभिलेख प्राप्त छन् । एउटा अभिलेख काठमाडौं लगनटोल यंगाल हिटीमा यो अभिलेख कु“दिएको छ । अभिलेखको उत्थानमा स्तुति पनि रहेको सम्वत ६४ को उक्त अभिलेखमा ‘भगवान विष्णुको जलशायी मूर्ति बनाउन लायकको ठूलो ढुङ्गा तानेर ल्याउने कामले खुशी भएका हामीबाट … … …’ उल्लेख छ । यहा“ उक्त ढुंङ्गा तानेर ल्याउने काम दक्षिणकोलीग्रामका बासिन्दाहरुबाट भएको थियो र अभिलेखमा त्यस बापत केही सुविधा गरिदिएको उल्लेख परेको छ । यसको ठीक एक वर्षपछिको यस्तै व्यहोराको अर्को एउटा अभिलेख सुनागुठी भृङ्गारेश्वर महादेवको मन्दिर सामुन्ने पाइएको छ । भृङ्गारपाञ्चालीका बासिन्दाले पनि बूढानीलकण्ठ मूर्ति बनाउने विशाल ढुंङ्गा तानेर ल्याइदिएको कुरा यहा“ उल्लेख छ । तत्कालिन समाजमा ‘विष्टि’ वा ‘झारा’को व्यवस्था थियो र सो सम्वन्धित पाञ्चालीमार्फत हुन्थ्यो । निश्चित इलाकाभित्रका बासिन्दाले विष्टिको रुपमा निश्चित इलाकासम्म त्यस्तो काम हुन्छ र त्यसपछि त्यो काम अर्कैबाट विष्टिको रुपमा गरिन्थ्यो । भृङ्गारवासीहरुले त्यो विशाल प्रस्तर कहा“बाट ल्याएको र कहा“सम्म पु¥याउको उल्लेख छैन । दक्षिणकोलीग्रामवासीहरुले पनि कहा“बाट त्यो प्रस्तर ल्याएको र कहा“सम्म पु¥याएर कसलाई हस्तान्तरण गरिदिएको भन्ने उल्लेख पाइ“दैन । यो विशाल प्रस्तर बोक्ने काममा अन्य ठाउ“का वासिन्दाहरुले पनि काम गर्नु संभावना धेरै छ तसर्थ यस्तै व्यहोराका अभिलेखहरु अन्यत्र पनि कतै भेटिन सक्छ ।

माथि उल्लेखित दुवै अभिलेखको समयावधीमा नेपालको राजगद्दीमा राजा भीमार्जुनदेव भएपनि राज्यको सम्पूर्ण अधिकार विष्णुगुप्तको हातमा थियो । यो द्वैतशासनको समय थियो । अभिलेख जारी विष्णुगुप्तबाटै भएको छ र विष्णुको जलशयनमूर्ति पनि उनैले बनाउनु दिएको कुरा स्पष्ट छ । तर दुवै अभिलेखमा विष्णुगुप्तले सो जलशयन मूर्ति कहा“ बनाउन लगाएको भन्ने व्यहोरा भने खुलेको छैन । ढुंगा ल्याइएको वा अभिलेख राखिएको एकाध वर्षमै भट्टारक महाराज श्री भीमार्जुनदेव तथा तिनका मन्त्री श्री विष्णुगुप्तको शासनकाल समाप्त भएको आधारमा उपरोक्त मूर्ति निर्माणको लागि ल्याइएका ढुंगाबाट विष्णुको जलशयन मूर्ति निर्माण हुन नसकेको मान्यता हरिराम जोशीको छ । तर दुई अभिलेखको अध्ययनबाटै पनि ढुंगा ल्याइपु¥याए लगत्तै राजाले अभिलेख प्रसार गरेको देखिंदैन । मूर्ति स्थापनापछि समय समयमा अभिलेख राखी स्थानिय जनतालाई सुविधा दिएको पनि हुनसक्छ ।

मूर्ति निर्मातासम्वधी यो विवादलाई पछि लेखिएको गोपालवंशावलीले समाधान गरिदिएको मान्न सकिन्छ । उक्त वंशावलीमा बूढानीलकण्ठको शेषशायी विष्णुमूर्ति भट्टारक महाराज श्री भीमार्जुनदेव र विष्णगुप्तद्वारा नै बनाइएको भन्ने कुरा प्रष्टस“ग उल्लेख छ । गोपालवंशावलीको २२ पत्रमा लेखिएको छ– ‘राजा श्रीविष्णुगुप्त………..तेन……. उत्रप्रवतात् मधे नरशिंहस्थाने महच्छिलामयविष्णुजलशयन, अतिसुन्दर आवाससहितम् कृतवान्’’ अर्थात राजा श्री विष्णुगुप्तले … …. उत्तर पहाडको फेदीमा नरसिंहस्थानमा अतिसुन्दर ढुङ्गाका ठूला जलशायी विष्णु स्थापना गर्नु भयो, मन्दिर पनि बनाउनु भयो ।

(साभारः गोरखापत्र राष्ट्रिय दैनिक, १४ पुस २०७५)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *