Friday , April 26 2019

लुम्बिनी र संकाश्य

लुम्बिनीको बिकासमा भारतका बाैद्व स्थलहरुबाट पाठ सिक्नुपर्छ

  • बसन्त महर्जन

गौतम बुद्ध (इ.पू ५६३–४८३)को जीवनसंग सम्बन्धित प्रमुख आठ ठाउँ अष्टमहास्थानका नामबाट प्रसिद्ध छन् । बौद्ध जगतका तीर्थस्थलका रुपमा रहेका यी ठाउँहरुमध्ये एउटा लुम्बिनी मात्र नेपालमा पर्छ, बाँकी सबै भारतमा ।

बुद्धको जीवनसँग सम्बन्धित पहिलो ठाउँ जन्मस्थल लुम्बिनी हो भने दोस्रो बुद्धत्व प्राप्त गरेको बोधगया । बौद्ध जगतमा नाभीस्थल हुँदै आएको बोधगयालाई आजभोलि पर्यटकीय शब्दाबलीमा बौद्ध ‘हब’ भन्न थालिएको छ । भौतिक संरचनाका दृष्टिले भने सात स्थललाई उछिनेर लुम्बिनी अगाडि देखा पर्ने अवस्था छ । संयुक्त राष्ट्र संघको पहलमा लुम्बिनीको विकास गर्न जापानी वास्तुविद् प्रो. केन्जो ताङ्गेले बनाएको गुरुयोजनाअनुसार अहिले विकास निर्माणका काम हुँदैछन् । उक्त गुरुयोजनाले मूर्त रुप लिएपछि लुम्बिनी सबभन्दा भव्य हुने पक्का छ ।

लुम्बिनी सम्बन्धमा काम गर्नेहरुको ‘टेबुल गफ’मा बौद्ध गन्तव्यहरुको ‘हब’ अब लुम्बिनी हुने कुरा बाक्लै सुन्न थालिएको छ । महत्वाकांक्षी ‘गफ’ जस्तो लागेपनि यो असंभव होइन । त्यसका लागि लुम्बिनीका योजनाकारहरुले अहिलेको पारालाई पूर्णतः बदलेर मनमस्तिष्कको समेत ‘कायाकल्प’ भने गर्नैपर्छ । सोचमा ‘कायाकल्प’ नभएसम्म लुम्बिनीमा ‘माल पाएर पनि चाल नपाएको’ उखान चरितार्थ भइरहनेछ ।

बुद्धले प्रथम धर्मोपदेश दिएर धर्मचक्रप्रवत्र्तन गरेको सारनाथ र महापरिनिर्वाणस्थल कुशिनगरमा दिनभर नै बौद्ध तीर्थयात्री र पर्यटकको भीड हुन्छ । यसमा रातदिन गुल्जार रहने बोधगया, सुनसानजस्तै हुने संकाश्यसँगै लुम्बिनी, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगिर र वैशाली समेतलाई जोडेर अष्टमहास्थान भनिएको हो । तत्कालीन समयमा अन्य धर्मसम्प्रदायले बेलाबेला निकाल्ने विभिन्न बखेडालाई निस्तेज पार्न गौतम बुद्धले यमक प्रातिहार्य देखाएको ठाउँ भएकाले श्रावस्तीले विशेष अर्थ राख्छ । बुद्धत्व प्राप्तीपछि गौतम वुद्वले सबभन्दा बढी समय श्रावस्तीमै बिताएका थिए । कालान्तरमा त्यहाँ निर्माण भएका संरचनाहरुको अवशेष अहिले पर्यटकीय आकर्षण बनेका छन् ।

त्यस्तै, बुद्धले अलग संघमा गएका पाँचसय भिक्षुहरुलाई भिक्षुद्वय सारिपुत्र र मौद्गल्यायनको सहयोगमा फर्काएर पुनः संघ समुच्चय गरेको स्थल भएर राजगिरले महत्व पाएको हो । भिक्षु देवदत्तले विद्रोह गरेर ती ५०० भिक्षुसहित अलग्गै संघ बनाएका थिए । मगध साम्राज्यको पुरानो राजधानी रहेको राजगिरमा बुद्धसँग सम्बन्धित अनेकौं ठाउँ देख्न पाइन्छन् । त्यसरी नै बुद्धले ‘अबको तीन महिनामा महापरिनिर्वाण प्राप्त गर्छु’ भनी आयु संस्कार परित्याग गरेको स्थल वैशालीले छुट्टै महत्व राख्दछ । यी सात ठाउँको तुलनामा लुम्बिनीको पर्यटक आगमन नगन्य छ ।

भन्नेहरु लुम्बिनीमा गैर–बौद्धहरुको बर्चश्वका कारण तदारुकताका साथ काम हुन नसकेको हो भन्छन् । तर, भारतका बोधगयालगायतका बौद्ध स्थलहरुमा पनि बौद्धहरुको उपस्थिति देखिन्न । त्यहाँ स्थानिय पनि बौद्ध धर्मावलम्बी छैनन् । भारतमा बौद्ध स्थलहरुलाई बौद्ध भावनाअनुरुप अगाडि बढाउँदा विश्वभरका बौद्धहरु आकर्षित हुन्छन् र त्यसबाट फाइदा हुन्छ भन्ने चेतले काम गरेको देखिन्छ ।

लुम्बिनीभन्दा गएगुज्रेको अवस्था संकाश्यमा देख्न पाइन्छ । बुद्धले ऋद्धिबलको प्रभावले त्रायत्रिंश देवलोकमा देवपुत्र भई जन्मिन पुगेकी माता मायादेवीलाई धर्मोपदेश दिई पृथ्वीमा फर्कंदा प्रथम पाइला टेकेको भनी बौद्ध जगतमा प्रसिद्ध स्थल संकाश्य पनि एउटा तीर्थस्थल हो तर यसको विकास हुन सकेको छैन । यसै सन्दर्भमा यस पङ्तिकारले हालै गरेको संकाश्यको अध्ययनमा स्थानीय जनतामा नै उदासिनता रहेको पाइयो । संकाश्यमा स्तूप र अन्य बौद्ध संरचनाहरुलाई ओझेलमा पार्ने अनेक अतिक्रमण देख्न पाइन्छ । वरिपरिका थुप्रै पुरातात्विक स्थलहरुको उत्खनन र अध्ययन हुन सकेको छैन । ‘आर्कोलोजिकल सर्भे अफ इण्डिया’ले पुरातात्विक क्षेत्रको सुरक्षा त दिएको छ, तर सन्तुष्ट हुने ठाउँ छैन । श्रीलंका, वर्मालगायतका देशहरुलाई बौद्ध विहार बनाउन जग्गा बिक्री गरेकै कारण जग्गाधनीहरुलाई सामाजिक बहिस्करण पारेर गाउँ निकाला समेत गरिएको तथ्यले यी सबै कुरा छर्लङग पार्छ ।

भन्नेहरु लुम्बिनीमा गैर–बौद्धहरुको बर्चश्वका कारण तदारुकताका साथ काम हुन नसकेको हो भन्छन् । तर, भारतका बोधगयालगायतका बौद्ध स्थलहरुमा पनि बौद्धहरुको उपस्थिति देखिन्न । त्यहाँ स्थानिय पनि बौद्ध धर्मावलम्बी छैनन् । भारतमा बौद्ध स्थलहरुलाई बौद्ध भावनाअनुरुप अगाडि बढाउँदा विश्वभरका बौद्धहरु आकर्षित हुन्छन् र त्यसबाट फाइदा हुन्छ भन्ने चेतले काम गरेको देखिन्छ । लुम्बिनीको सन्दर्भमा भारतबाट त्यो पाठ सिक्नुपर्छ ।संकाश्यको प्रश्नलाई लुम्बिनीका सन्दर्भमा जोड्न सकिन्छ । दिवंगत भिक्षु सुदर्शन महास्थविर लुम्बिनीबारे सर्वप्रथम स्थानिय जनतामा जागरुकता ल्याउनु पर्नेमा जोड दिनुहुन्थ्यो र त्यो जागरुकता आजभोलि बढ्दो छ ।

लुम्बिनी संघीय नेपालको प्रदेश ५ मा परेको छ । अब लुम्विनीको बिकासमा प्रदेश सरकारको विषेश भुमीका अपेक्षित छ, तर यसमा अन्तर प्रदेश सम्बन्ध नबढाए ठुलो भूल हुनेछ । किनभने, बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश ५ मा परेपनि जीवन्त बौद्ध संस्कृति र सम्पदाले अन्य प्रदेशहरु सम्पन्न छन् ।

(साभार ः हिमाल, १३-१९ फागुन, २०७४)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *