Friday , July 19 2019

नियात्रा लेखनसम्बन्धी सेमिनार

नेपालभाषाका विभिन्न विधामा सक्रीय लेखकहरूलार्इ नियात्रा लेखनमा अाकर्षित गर्न discovery4p.com का निर्देशक एवं लेखक बसन्त महर्जनले गत फागुन ८ गते एक सेमिनार संचालन गरे । नेपालभाषा सफू बहुउद्देशीय सहकारी संस्था लि. द्वारा प्रत्येक महिना अायाेजना गरिने मासिक साहित्यिक कार्यक्रमका बीच नियात्रा लेखन सम्बन्धी याे सेमिनारकाे अायाेजना गरिएकाे हाे ।

सेमिनारमा नियात्रा लेखनका सम्बन्धमा सैद्धान्तिक छलफलभन्दा व्यावहारिक पक्षमा जाेड दिइएकाे थियाे । उपस्थित लेखकहरू समय समयमा विभिन्न ठाउँकाे यात्रामा निस्किरहेकाे र कतिपय सामूहिक यात्रामा अाफू पनि सँगै रहेकाे तर नियात्राकाे लेखनमा भने रूचि नदेखिएकाे भन्दै लेखक महर्जनले नियात्रा लेखनकाे महत्वबारे प्रकाश पारे । साहित्यका अन्य विघामा प्रकट गर्न नसकेका कुराहरू लेखकले नियात्रा विधामा निर्धक्कसँग प्रकट गर्न सकिने र नियात्रा पढेर पाठक वर्ग पनि उत्साहित हुने भएका कारण लेखकहरू नियात्रा विधामा पनि सक्रीय हुनुपर्नेमा जाेड दिएका थिए । नियात्रा लेखनमा लेखककाे पृष्ठभूमिअनुसार विषयवस्तु फरक पर्न जाने भएका कारण एक अनुसन्धानकर्ताले पनि बेग्लै कृति तयार पार्न सकिने अथवा नियात्रालार्इ नै अनुसन्धानमूलक कृतिका रूपमा प्रस्तुत गर्न सकिने भन्दै

यस प्रकृतिका विभिन्न नियात्रा पुस्तकहरूकाे सन्दर्भ उल्लेख गरेका थिए ।

नेपालभाषा साहित्य क्षेत्रमा कथा, कविता, उपन्यासलगायतका विधाहरू फस्टाएपनि नियात्रा विधाले विकास गर्न सकेकाे छैन । लेखक महर्जनकै अनुसार पनि नेपालभाषामा हालसम्म मुस्किलले एक दर्जन नियात्रा विधाकाे पुस्तक प्रकाशित भएका छन् ।

नियात्रा लेखनका क्रममा ध्यान दिनुपर्ने पक्षहरू र व्यावहारिक समस्यालार्इ कसरी समाधान गरेर लेखन कार्य सम्पन्न गर्न सकिन्छ भन्ने सन्दर्भमा बाेल्दै लेखक महर्जनले अन्य साहित्यिक विधाकाे लेखनमा पनि लेखकलार्इ यात्रा र नियात्राले सघाउने विचार व्यक्त गरे । यसरी नै सहभागी लेखकहरूबाट उठाइएका विभिन्न समस्याका सम्बन्धमा पनि जवाफ दिएका थिए ।

सेमिनार नेपालभाषासम्बद्ध एेतिहासिक संस्था

च्वसापासाकाे कुलांभुलु, रक्तकालीस्थित सभाकक्षमा सम्पन्न भएकाे थियाे ।

About discovery4p

Leave a Reply

Your email address will not be published. Required fields are marked *